साउथ अष्ट्रेलियामा विद्यावारिधी गर्नेहरुलाई सम्मान गर्दै ढाका टोपी दिवस मनाइयो
प्रवासी नेपाली मञ्चको बार्षिक कार्यक्रम
मिलन दाहाल
२ जनवरी २०२५, एडिलेड- प्रवासी नेपाली मञ्च साउथ अस्ट्रेलियाले बुधवार साउथ अस्ट्रेलियामा ढाकाटोपी दिवसको आयोजना गरेको छ । अपह्रान्न ६ बजेतिर जोन मिलर पार्कबाट शुरुभई ग्लेनेल्ग सम्म ढाका टोपी सहितको पदयात्रा पछी जोन मिलर पार्कमै फर्किएर भएको कार्यक्रममा अष्ट्रेलियन विश्वविद्यायहरुबाट विद्यावारिधी गरेका नेपालीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा नेपालबाट साँगितिक यात्रामा रहेका गायक दाजुभाइ सत्यराज तथा स्वरुपराज आचार्यसमेत सरिक भएका थिए, जसले गर्दा उपस्थितहरु थप उत्साहित देखिन्थे । कार्यक्रममा १७ जना अस्ट्रेलियाका विश्वविद्यालयहरुबाट विद्यावारिधी गर्ने नेपालीहरुलाई आमन्त्रण गरिएको भएपनि ६ गयल रहेकाले ११ जनालाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष युवराज पहाडीले नेपाल अस्ट्रेलिया समाचारलाई बताए । सम्मानित हुनेहरुमा दया पराजुली, राज कुमार श्रेष्ठ, युवराज काफ्ले, श्रिजन श्रेष्ठ, अर्जुन बुर्लाकोटी, सुनिता गौतम अधिकारी, आदर्श गुप्ता, सुदर्शन सुबेदी, बिमला ढकाल, सुरेस जोशी र सविन रंजितकार रहेका छन ।
कार्यक्रमको शुरुवातमा आगन्तुकहरुलाई ढाकाटोपी वितरणपछी जोन मिलर रिजर्भबाट पदयात्रा शुरु भएको थियो । ग्लेनेल्ग सम्म पुगेर अस्ट्रेलियन समुद्री तटमा ढाका टोपीमा सजिएका नेपालीहरु पुन जोन मिलर रिजर्भमै फर्किएपछी आधिकारिक कार्यक्रम शुरु बएको थियो । कार्यक्रममा शहीद तथा भजनशिरोमणी भक्तराज आचार्य स्मृतीमा १ मिनेट मौनधारण समेत गरिएको थियो । कार्यक्रममा दया पराजुली र अर्जुन बुर्लाकोटीले सम्मानितको तर्फबाट धारणा राखेका थिए भने गैर आावासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष सञ्जय पुरी र मेरियन काउन्सिलअन्तरगतको वारिपरिङ्गाकि काउन्सिलर रेनुका लामाले आफ्नो मन्तब्य राखेका थिए ।
कार्यक्रममा ठाकाटोपी तथा दौरा शुरुवाललाई राष्ट्रिय पोशाकबाट हटाइएको विषयको संकेतिक बिरोध र नेपालाई चिनाउने तथा अप्रत्यक्ष रुपमा नेपालको पर्यटन प्रवर्दन गर्न समेत कार्यक्रम सफल भएको आयोजक संस्थाका अध्यक्ष युवराज पहाडीले बताए । कार्यक्रमको संचालन रामकृष्ण शर्माले गरेका थिए ।




Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस