अष्ट्रेलियामा एक चालकलाई भयो २७ हजार अष्ट्रेलियन डलर जरिमाना
१ जनवरी २०२५, एडिलेड- साउथ अस्ट्रेलियाका एक सवारी चालकलाई पत्याउनै नसक्नेगरि जरिमाना भएको छ । उनलाई २७ हजार अस्ट्रेलियन डलर भन्दा बढी जरिमाना भयो भन्दा जो कोहीलाई पत्याउन गाह्रो हुनसक्छ, तर यो साँचो हो । अस्ट्रेलियामा सवारी चलाउँदा मोबाइल फोन चलाउनाले सवारी दुर्घटना बढेपछी राज्य सरकार हरूले बिभिन्न ठाउँहरूमा मोबाइल फोन डिटेक्सन क्यामेराहरू जडान गरेका छन । यसै क्रममा साउथ अस्ट्रेलियामा पनि केही महिनाअगाडि मोबाइल फोन डिटेक्सन क्यामरा सञ्चालनमा आएको छ । मोबाइल डिटेक्सन क्यामरा सञ्चालनमा आएपछी पनि सवारी चलाउँदा मोबाइल फोन चलाउन नछोडेपछी ति ड्राइभरले तीन महिनासम्म ४१ पटक मोबाइल फोन चलाएको भेटेको थियो। ति सबै जरिमानाहरू जोड्दा २७ हजार अष्ट्रेलियन डलर भन्दा बढी हुने साउथ अस्ट्रेलियन प्रहरीले बताएको छ ।
गएको बर्ष सवारी चलाउँदा भएको डिस्ट्रयाक्सनका कारण ३० जनाले साउथ अस्ट्रेलियन सडकमा ज्यान गुमाएका थिए भने ७५ भन्दा बढी सिकिस्त घाईते भएका थिए । त्सपछी साउथ अस्ट्रेलियन सरकारले बिभिन्न ४ स्थानमा मोबाइल डिटेक्सन क्यामरा जडान गरेको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस