एनआरएन एसएले तय गर्यो ‘नेपाल फेस्टिवल’को मिति
स्वंसेवक बन्न चाहनेहरुलाई आव्ह्वान
मिलन दाहाल
३१ डिसेम्बर २०२४, एडिलेड- गैर आवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलिया (एस ए) ले आफ्नो आगामी नेपाल फेस्टिवलको मिती तय गरेको छ । संघले आगामी नेपाल फेस्टिवल ९ मार्च २०२५ मा एडिलेडको एल्डर पार्कमा आयोजना हुने बताएको छ । संघले कार्यक्रमको तयारीका लागी अत्यावश्यक हुने १३ वटा उपसमितिहरु घोषणा गरिसकेको छ । अगन्तुकहरुलाई आमन्त्रण गर्ने उपसमितिको संयोजकमा बहुसांस्कृतिक आयोग कि सदस्यसमेत रहेकि मञ्जु खड्का, स्टेज व्यवस्थापनमा राजु उपाध्याय, स्टल व्यवस्थापनमा देवराज कंडेल, परेड व्यवस्थापनमा सुरेन रेग्मी, बजार तथा विज्ञापनमा बिकास पौडेल, सञ्चार सम्बन्ध तथा व्यवस्थापनमा नारायण खड्का, नेपाल हाउसमा पुस्कर कोइराला, स्थानिय कलाकार व्यवस्थापनमा सभा दाहाल क्षेत्री, नेपालबाट आउने कलाकार व्यवस्थापनमा सन्तोषी गौतम, अन्तरराज्य अतिथि तथा प्रायोजन व्यबस्थापनमा सञ्जय पुरी, स्वयंसेवक व्यवस्थापनमा चेवन अधिकारी र कार्यक्रम व्यवस्थापनमा बिनोद बाँनिया चुनिएका छन ।
मंगलबार संघले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा समग्र भोल्युन्टियरहरुलाई आवेदन आव्ह्वान गरेको छ।स्वयंसेवक आवेदन फर्म यो लिङ्कमा क्लिक गरेर भर्न सकिन्छ । संघले साउथ अष्ट्रेलियाको राज्य सरकारबाट पहिलो चरणमा ३० हजार अष्ट्रेलियन डलर प्राप्त भइसकेको संघका सह संयोजक बिनोद बाँनियाले बताएका थिए । गत नेपाल फेस्टिबलमा दुई चरणमा गरेर ४२ हजार प्राप्त भएकोमा यसपाली पनि आफुहरु आशावादी रहेको प्रतिकृया दिए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस