ताजा खवरहरु:

होली उत्सव मनाउदैं, एडिलेड नेपाल

नृत्य, रङ्ग, खाना र संगीतको मिश्रण

मिलन दाहाल

३० डिसेम्बर २०२४, एडिलेड- साउथ अष्ट्रेलियामा सक्रिय सामुदायिक संस्था एडिलेड नेपालले आफ्नो बार्षिक कार्यक्रम ‘होली उत्सव’को आयोजनाको तयारी शुरु गरेको छ । एडिलेड नेपालले गत छ बर्षदेखी एडिलेडमा ‘होली उत्सव’ को आयोजना गर्दै आइरहेको छ । कार्यक्रम ८ मार्च २०२५ का दिन हुने आयोजक संस्थाका संयोजक कबिर पोखरेलले बताएका छन् । एडिलेड नेपालले सन् २०१८ देखी हरेक बर्ष आयोजना गर्दै आएको होली उत्सव कोभिडका कारण सन् २०२१ र २०२२ मा गर्न सकेन । यस बर्षको होली कार्यक्रम उक्त संस्थाले मिच्चेल पार्क स्पोर्ट्स एन्ड कम्युनिटी सेन्टरमा आयोजना गर्न लागेको संस्थाले बताएको छ । कार्यक्रममा डिजे म्युजिक, नेपालबाट आउने कलाकारहरुको प्रस्तुति तथा स्थानिय कलाकारहरुका स्तरिय प्रस्तुतिहरु रहने संस्थाले जनाएको छ । साथै संस्थाले बाहिरबाट ल्याइने रङ्गहरुको वैाधानिकता थाहा नहुने भएका कारण स्वास्थमा प्रतिकुल असर गर्नसक्ने भएको भन्दै कार्यक्रमस्थलमा नै उचित मुल्यमा उपलब्ध हुने रङ्गको प्रयोग गर्न आगन्तुकहरुलाई आग्रहसमेत गरेको छ ।

बिगतका बर्षहरुमा मेरियन काउन्सिल अन्तर्गत भएका कार्यक्रमहरुमा उत्कृस्ट कार्यक्रमका रुपमा नाम दर्ता गरिसकेको यस उत्सवका लागी साउथ अष्ट्रेलिया राज्य सरकार बाट एडिलेड नेपालले अष्ट्रेलियन डलर १४ हजार ४ सय १४ डलर नगद रकम समेत प्राप्त गर्ने भएको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading