साउथ अष्ट्रेलियामा टोपी दिवश तथा विद्यावारिधी गरेकाहरुलाई सम्मान गरिने
२९ डिसेम्बर २०२४
मिलन दाहाल– अष्ट्रेलियाको दक्षिणी राज्य साउथ अष्ट्रेलिया गएका बर्षहरुको श्रृंखलालाई निरन्तरता दिँदै ‘नेपाली ढाका टोपी दिवश’ मनाइने भएको छ । कार्यक्रम आगामी १ डिसेम्बर २०२५ का दिन अपह्रान्न ५:३० बजे सोमर्टनमा रहेको जोन मिलर रिजर्भमा मनाइने आयोजक प्रवासी नेपाली मञ्च साउथ अष्ट्रेलिया शाखाले बताएको छ ।संस्थाका अध्यक्ष युवराज पहाडीले पदयात्रा सोमर्टन पार्कमा रहेको जोन मिलर रिजर्भबाट शुरुभई ग्लेनेल्ग पुगेर पुन सोही ठाँउमा आई समापन हुने जानकारी दिए । कार्यक्रममा पदयात्रा पछी गरिने औपचारिक कार्यक्रमको क्रममा साउथ अष्ट्रेलियामा रहेर यँहाका विश्वविद्यालयहरुबाट विद्यावारिधी गर्ने नेपालीलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको आयोजक प्रवासी नेपाली मञ्चले जनाएको छ । करिव एक महिनादेखी आयोजक संस्थाले यसरी साउथ अष्ट्रेलियामा रहेका यहाका विश्वविद्यालयहरुबाट विद्यावारिधी गर्ने नेपालीहरुको विवरण संकलन गरिरहेको छ ।
केही समयअधिसम्म नेपाली राष्ट्रिय पोशाक रहेको ढाकाटोपी तथा दौराशुरुवाललाई राष्ट्रिय पोशाकबाट हटाइएपछी युवाहरुले सांकेतिक बिरोधस्वरुप अन्तराष्ट्रिय रुपमा विश्वभर ढाकाटोपी दिवश मनाउने गरेका छन।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस