ताजा खवरहरु:

जाने होइन त छेलो हान्न् ? जानुहोस भोली थेवार्टन कम्युुनिटि सेन्टरमा

२९ डिसेम्बर २०२४

मिलन दाहाल- नेपालको एक महत्वपुर्ण खेल छेलो मन पर्छ ? अष्ट्रेलिया आएदेखी छेलो खेललाई खेल्न/हेर्न पाउनुभएको छैन तर हेर्न मन लागेको छ भने ठेगाना टिपेर राख्नुहोस थेवार्टन कम्युनिटी हल, समय भोली बिहान १० बजे । त्यसो त छेलो मात्र नभइ हरेकबर्ष बिभिन्न नेपाली खेलहरुको आयोजना गर्ने गरेको तमु धि एडिलेडले यसबर्षपनि तमु लोसारको अवशरमा यस्ता खेलहरुको आयोजना गरेको छ । आगन्तुकहरुले अपहरान्नमा भलिवल (नारि/पुरुष), टग अफ वार, डन्डि बियो, छेलो, लिग लिगे दौडलगायतको मजा अपह्रान्नमा लिन पाउनेछन भने साँझमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिने छ । त्यसो त भलिबलको बिजेता समुहले एक हरजार डलरको नगद पुरस्कारसमेत पाउनेछ भने छेलो बिजेताले दुइ सय डलर पाउने छ ।

“शास्त्र हराए संस्कृती हराँउछ, संस्कृती हराए परम्परा हराउछ अनि परम्परा हराए मान्छे नै हराउछ” भन्ने नारा बोकेको तमु धी ले साउथ अष्ट्रेलियामा नेपाली संस्कृतीको जगेर्ना गर्न बिभिन्न कार्यक्रमहरु गर्ने गरेको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading