ताजा खवरहरु:

साढे सात बर्षपछी सत्य-स्वरुप एडिलेडमा

२९ फेब्रुवरी २०२४- नेपाली गायनको आकाशका सदाबहार गायक दाजुभाइ सत्यराज आचार्य र स्वरुपराज आचार्यले साढे सात बर्षपछी साउथ अष्ट्रेलियाको एडिलेडमा आफ्नो साँगितिक प्रस्तुति दिएका छन । अष्ट्रेलियामा साँगितिक यात्राको क्रममा रहेका गायक दाजुभाइले सनिवार वेस्टर्न एडिलेडमा रहेको उडभिल टाउनहलमा आफ्नो प्रस्तुति दिइरहँदा सबै उमेरसमुहका दर्शकहरुले कार्यक्रमको भरपुर मजा लिएका थिए । भजनशिरोमणी भक्तराज आचार्यको सम्मानमा भएको उक्त कार्यक्रममा स्वर्गीय गायक भक्तराज आचार्यको स्मृती र सम्मानमा १ मिनेट मौनधारणसमेत गरिएको थियो ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाजको आयोजनामा भएको उक्त कार्यक्रमलाइ एसए डिसेबिलिटी केयरले गोल्ड स्पोन्सरका रुपमा प्रयाजन गरेको थिए भने ‘टेस्ट अफ नेपाल’ नेपाली रेस्टुरेन्टले ब्रोन्ज स्पोन्सरका रुपमा सहयोग गरेको थियो । यसैगरि मेट्स इन्टरनेसनल भिसा सर्भिसेस, इन्क्रेडिब्ली प्युर वाटर फिल्टर, मेरो रियल स्टेट तथा वेलोन ट्याक्सले आर्थिक सहा‍यता गरेका थिए । कार्यक्रममा एडिलेडका कलाकारहरु ‘द वालाला एन्‍ड ब्यान्ड’, सुवास ढुङ्गाना, आशिका राइलगायतको प्रस्तुति रहेको थियो । कार्यक्रममा फुड पार्टनरका रुपमा एड्वाड्सटाउनमा रहेको अथेन्टिक नेपाली तथा नेवारि खानाको परिकार पस्कने ‘भोये छेन’ रेस्टुरेन्टले गरेको थियो ।

गायक सत्यराज आचार्यले एडिलेडमा रहेका नेपालीहरुलाइ कार्यक्रम सफल बनाउन मदत गरेकोमा “भगवान” को संज्ञा दिदै सामाजिक सञ्जाल फेसबुकमार्फत धन्यवाद दिएका छन । अष्ट्रेलियाका सबैजसो राज्यहरुमा आफ्नो साँगितिक प्रस्तुति दिएका गायक दाजुभाएको सोमबारको गोल्डकोस्टको प्रस्तुति अन्तिम हुने छ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading