एडिलेडमा पुन: नेपथ्य

२१ नोभेम्बर २०१९ (मिलन दाहाल), एडिलेड- नेपालको चर्चित म्युजिकल ब्यान्ड नेपथ्य पुन: साउथ अष्ट्रेलियाको एडिलेडमा आउने भएको छ । ३ डिसेम्बर मा एडिलेड शहरको एचक्यु कम्प्लेक्समा हुने आयोजक गिरिस इभेन्ट्स एन्ड इन्टरटेनमेन्ट र थ्री केजीले बताएका छन । कार्यक्रमको टिकट शुल्क अग्रिम खरिद गर्दा ३५ डलर र ढोकामा ४० डलर कायम गरिएको छ । 

संयुक्त आधिराज्यको ९ अौं र लण्डन शहरको दोस्रो ठुलो वेम्ब्लि एरिनामा प्रस्तुति दिने पहिलो नेपाली ब्याण्ड नेपाली कुनाकन्दराका आवाजलाइ पश्चिमा रकलयमा ढालि गाएका कारण चर्चित छ । नेपथ्यका गीतहरु सबै उमेर समुहका नेपालीहरुले उत्तिकै रुचाउने गरेका छन । भेडाको उनजस्तो, तालको पानी, चरि मर्यो शिशैको गोलीले जस्ता उत्कृष्ट गीतहरु दिन सफल यस ब्यान्डको सबै गीतहरु उत्तिकै रुचाइएका छन । ब्याण्डका गायक तथा रचनाकार अमृत गुरुङ नेपालका कुना कुनामा गइ गीतका शब्दहरु खोज्ने गरेको बताइन्छ । 

नेपथ्यले १९ नोभेम्बरमा ब्रिसबेनमा आफ्नो प्रस्तुति दिइसकेको छ । कार्यक्रममा २५ सय बढीको उपस्थिति रहेको बताइएको छ । नेपथ्यले २२ नोभेम्बरमा डार्बिन, ३ डिसेम्बरमा एडिलेड, ८ डिसेम्बरमा होबर्ट, १४ डिसेम्बर सिड्नी र २३ डिसेम्बरमा मेलवर्नमा आफ्नो प्रस्तुति देिने छ । हालसम्म प्राप्त जानकारीअनुसार मेलबर्नको कार्यक्रम नै नेपथ्यको यस टुरको आन्तिम यात्रा हुने छ । 

Leave a Reply