जसको कोही छैन उसलाइ एनआरएनएसए

१२ अगष्ट २०१७, एडिलेड – गैर आवाशिय नेपाली संघ साउथ अस्ट्रेलियाले नेपालबाट आउने विद्यार्थीहरुलाइ एयरपोर्टवाट पिक अप को सुविधा उपलव्ध गराउने भएको छ । तर यसरी पिक अपका लागी योग्य हुन एडिलेडमा कोही आफन्त भने नभएको हुनुपर्ने छ । गैर आवशिय नेपाली संघ साउथ अस्ट्रेलियाका युवा उपसंयोजक आनन्द बखरेलले आइतवारदेखि त्यस्तो सुबिधा उपलब्ध गराइएको जानकारी दिए । यसै कार्यको सुरुवात स्वरूप संघ साउथ अस्ट्रेलियाका सह सचिव चन्द्र कुवरले  गएको आइतबार युनिभरसिटी अफ साउथ अस्ट्रेलियामा मास्टर्स गर्न आएका आयुश राज ओन्टालाइ एयरपोर्ट उनको गन्तव्यसम्म पुर्याए । नेपालवाट आएका भाइबहिनीहरुलाइ सहयोग गर्न पाउदा आफु निक्कै खुसी भएको प्रतिकृया कुवरले दिए । 

“कोही नहुनेलाइ भनिएको भएपनी व्यस्तताको कारण कुनै आफन्तले पिक गर्न नसक्ने भएको खन्डमा अवस्था हेरी हामी सुबिधा उपलब्ध गराउने छौ । ” बखरेलले भने । इन्टरस्टेटवाट साउथ अस्ट्रेलिया आउने र सहायता चाहिनेहरुको लागीपनि आफुहरुले साम्भाव्यता अध्ययन गरिरहेको उनले अनलाइन एडिलेडलाइ बताए  ।

यसरी पिक अप बुक गर्नका लागी अशोक केसी (+61457287275), सन्तोष चालिसे (+61425019885) तथा आनन्द बखरेल (+61434049879) लाइ फोन सम्पर्क गर्न सकिने छ । साथै nrnasau@gmail.com मा इमेल लेखेर पनि सुबिधा बुक गार्न सकिने छ ।

बिहानीले दिउसोको आभास दिन्छ भन्दै गैर आवाशिय नेपाली संघ साउथ अस्ट्रेलियाको यस कार्यको सर्बत्र चर्चा भैरहेको छ । चर्चासगै पदाधिकारीहरुले प्रशंसा पनि पाइरहेका छन । संघले निर्वाचित भएपछी पहिलो कार्यक्रमस्वरूप राष्ट्रिय आविस्कार केन्द्रको निर्माणका लागी सहयोग संकलनको कार्यक्रम गर्यो, जसवाट अस्ट्रेलियन डलर पाँचहजार भन्दा बढी संकलन भएको थियो ।

1 thought on “जसको कोही छैन उसलाइ एनआरएनएसए

Leave a Reply