डा. केसीको जीवनरक्षाको माग गर्दै अष्ट्रेलियाभर सभा

१३ अगष्ट २०१७, एडिलेड- स्वास्थ सेवालाई गरीव नेपालीको पहुचभन्दा बाहिर जान नदिन नियमनमात्र गरौं भन्ने माग राख्दै २१ दिनदेखी अनसनरत प्राध्यापक डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै अष्ट्रेलियाभर प्रदर्शनहरु भएका छन । सामाजीक सञ्जालहरुमा खरो उत्रिरहेका न्यायप्रेमी प्रवासी नेपालीहरु अनसनको दिन लम्बिदै जादा ऐक्यवद्द हुदै नेपाल सरकारका प्रतिनिधिहरुलाई ज्ञापन पत्र बुझाउने कार्यक्रमहरु  गर्न थालेका छन । सिड्नी, मेलवर्न, क्यानवेरा, ब्रिसवेन, एडिलेड लगायतका शहरुहरुमा उनको समर्थनमा कार्यक्रमहरु भैसकेका छन् ।

आइतवार अपह्रान्न ४ बजेदेखी एडिलेडको Allchurch Ave, Adelaide, South Australia 5037 मा अवस्थित Rex Jones Reserve मा स्थानिय नेपालीहरुले  डाक्टर केसीको मागमा ऐक्यवद्दता जनाउदै केसीको जीवनरक्षा गर्न दवावस्वरुप प्लेकार्डहरु प्रदर्शन गर्दै अष्ट्रेलियाका लागी नेपाली राजदुतावासलाई ज्ञापनपत्र वुझाउन हस्ताक्षर संकलन गरे । उपस्थितहरुले आम नेपालीको स्वास्थ सेवाबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न डा. केसीका मागहरु अबिलम्ब पुरा गर्न नेपाल सरकारको ध्यानाकर्षण गरे ।

नेपालको स्वास्थसेवालाई कानुनी रुपमा व्यवस्थित गर्नुपर्यो भन्ने माग राखेर प्राध्यापक डाक्टर एधारौं पटक तीन सातादेखी अनसनमा छन । अनसनका बेला उनका माग पुरा गर्ने आश्वासन दिएपनि राजनितिक दलहरुले धोका दिदै उनका मागहरु पुरा नगरेर पुन: अनसन बस्नुपर्ने वातावरण बनउदै आएका छन ।  नेपालभरका सम्पुर्ण चिकित्सकहरुपनि आकस्मिकभन्दा बाहेकका स्वास्थसेवा बन्द गरी आन्दोलनमा उत्रिसकेको भएपनि नेपालमा अकस्मात आएको वाढीका कारण जनजीवन अस्तब्यस्त बनेपछि चिकित्सकहरुले अस्पताल बन्द गर्ने कामलाई भने तत्कालका लागी स्थगीत गरेका छन । स्वास्थसेवालाई व्यापारीकरण गर्न चाहने केही सांसदहरुका कारण संसदमा केसीको मागबमोजीम विधेयक पास गर्ने कार्य सुचारु हुन सकेको छैन ।

 

Advertisements

Leave a Reply