अष्ट्रेलियन नेपालीले फेरे विमानस्थलको मुहार, निरन्तरतामा शंका

फोटो: कान्तिपुरबाट

२१ जुलाई २०१७, काठमाण्डौं- नेपालको एकमात्र अन्तराष्ट्रिय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल  केहीदिनयता नेपाली सञ्चार जगतमा छएको छ, सरसफाइका कारणले । गैर आवाशीय नेपाली संघ अन्तरगत सिड्नीमा ८ बर्षदेखी क्लिनिङ व्यवसाय संचालन गरिरहेका ३२ बर्षिय खेम शर्माको नेतृत्वमा विमास्थलको सरसफाइ हुन थालेपछि नेपाली विमास्थालको स्वरुप फेरीएको हो । केही हप्तायता नेपाल विमानस्थल ओर्लने नेपाली यात्रुहरु विमानस्थलको सरसफाइका कारण शानले टाउको ठड्याउन थालेका छन । नेपालका मुखपत्रहरु देखी हरेक अनलाईनहरुमा यस खबरले ठाँउ पाएका छन ।

राष्ट्रिय दैनिक कान्तिपुरमा एकराज पाठक लेख्छन- असार २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुविन साह झुक्किए । उनलाई आफू नेपालमै आइपुगेँ कि कतै ट्रान्जिटमा छु भन्ने लागेछ । छ महिनापछि अष्ट्रेलियाबाट घर फर्किएका उनलाई अहिले आफ्नै मुलुकको विमानस्थल यति सफा र व्यवस्थित भएको थाहा रहेनछ ।

फोटो: कान्तिपुरबाट

हो, यतिखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने जो कोहीलाई पनि यस्तै लाग्छ । भुइँ, चर्पी, स्नानकक्ष, भित्ताहरु र कुर्सीहरु सबै सफा छन् । सामानहरु यत्रतत्र छरिएका छैनन्, आ–आफ्ना स्थानमा मिलाएर राखिएका छन् । फोहर राख्ने बाकसहरुसमेत आकर्षक र सफा देखिन्छ । भित्र छिरेपछि मगमग बास्ना पनि आइरहेको हुन्छ ।  यात्रुहरु अचम्म मान्दै भनिरहेका हुन्छन्, ‘राम्रो ! सफा भएछ विमानस्थल ।’

अनलाईन खबरले पनि एकराज पाठकको त्यहि लेखलाई महत्वकासाथ आफ्नो पोर्टलमा राखेको छ ।

अष्ट्रेलियामा रहेर आठ बर्षसम्म कुनैपनि क्षेत्रमा काम गरेको मान्छेले यो दक्षता हासिल गर्छ नै जसरी खेमले नेपालको विमानस्थललाई यसरी परीवर्तन गर्न सके । तर के नेपाल सरकारले यो सरसफाइलाई निरन्तरता दिन सक्छ त? के खेमले छोडेको चार सातापछी पनि विमानस्थलको यही रुप कायम रहन्छ त?

फोटो: कान्तिपुरबाट

नेपाल सरकारले गर्न सक्दैन भन्ने प्रश्न हुदै होइन । सरकारले चहनु हो भने जे पनि गर्न सक्छ । तर सरकारका कर्मचारीहरुको काम गर्ने शैली र भ्रष्टचारमा जकडिएको कर्मचारीतन्त्र हेर्दा यो प्रश्न गर्ने प्रसस्तै ठाँउहरु छन । सबैले नेपालको विमानस्थललाई यही रुपमा हेर्न चाहेको भएपनि  दक्ष र लगनशिल जनशक्तिको अभाव, राजनीतिक हस्तक्षेप, अस्थिर सरकार लगायतका यावत कारणहरुले यो कार्यले निरन्तरता पाउन सक्ने संभावना निकै कम छ । गैर आवाशीय नेपाली संघले सक्छ भने रुटिन बेसिसमा संसारभरबाट दक्ष नेपाली क्लिनिङ व्यावसायीहरुको व्यवस्थापन गरिदिए नेपालको पर्यटन विस्तारमा पक्कै राम्रो र प्रभावकारी कदम रहने छ । १ जना दक्ष क्लिनिङ व्यावसायीले  कमसेकम बर्षमा १ महिना समय दिने हो भने १२ जनाले बर्षभर प्रत्यक्ष निगरानी गर्न सक्छन । दुई देखि ३ बर्षमा प्रविधि र शिपलाई पुर्णरुपमा नेपाली कामदारलाई हस्तान्तरण गरेर सिह दरवार लगायतका अन्य ठाँउहरुमा पनि विस्तार गर्न सकिन्छ ।

1 thought on “अष्ट्रेलियन नेपालीले फेरे विमानस्थलको मुहार, निरन्तरतामा शंका

  1. Very proud of Khem Sharma ji and you have us all living in Australia bery proud of you! Teach some lessons to Nepalese one or two administrators as well please.

Leave a Reply