एक्सपर्ट कपको आयोजना गर्दै वेस्टर्न क्लब

रोयल वेस्टर्न क्लबको आयोजनामा आकर्षक पुरस्कार सहित एक्स्पर्ट कप हुदै।

अस्ट्रेलियाको मेलबर्नमा अवस्थित रोयल वेस्टर्न क्लबको आयोजनामा “एक्स्पर्ट कप २०२२” सकर टुर्नामेण्ट हुन गइरहेको छ । एक्स्पर्ट एडुकेसन याण्ड भिसा सर्भिसेसको मुख्य प्रायोजनमा हुन गइरहेको सकर टुर्नामेण्ट यहि आउँदो अक्टोबर १५ र १६ तारिखका दिन Westvale Olympic FC Ground , 9 McKechnie St, St Albans VIC 3021 मा बिहान ९ बजे बाट सुरु हुन गइरहेको छ।

एक्स्पर्ट कप सकर टुर्नामेण्टमा अस्ट्रेलियाका बिभिन्न राज्यका गरि मेन्स ओपेन क्याटेगोरीमा २० देखि २४ वटा सकर क्लबहरु तथा +३५ क्याटेगोरीमा ८ वटा सकर क्लबहरुले भाग लिदैंछन। खेलको माध्यमबाट अस्ट्रेलियामा रहेका बिभिन्न सकर क्लबका बीच भाइचारा बढाउने तथा खेलाडीहरुमा भएका क्षमतालाई उजागर गर्न, गराउन मद्दत पुर्याउने लगायत सकर खेलप्रति आकर्षण बढाउने उदेश्य रहेको उक्त टुर्नामेण्टमा सहभागी भइ सफल बनाउनका लागी सम्पुर्ण अस्ट्रेलियामा बसोबास गर्ने खेलप्रेमी महानुभावहरुलाई रोयल वेस्टर्न क्लबका उपाध्यक्ष तथा सकर टुर्नामेण्ट आयोजक समितिका संयोजक रोशन दाहालले आग्रह गरेका छन ।

संयोजक रोशन दाहालले उक्त प्रतियोगितामा निकै आकर्षक पुरस्कारहरुको ब्यबस्था गरिएको बताएका छन्। यस टुर्नामेण्टमा मेन्स ओपेन क्याटेगोरीमा विजय हासिल गर्ने टिमले नगद पुरस्कार $५००० लगायत ट्रफी, मेडल तथा सर्टिफिकेट तथा फर्स्ट रनर अप टिमले नगद पुरस्कार $२५०० लगायत ट्रफी, मेडल तथा सर्टिफिकेट प्राप्त गर्ने छन् भने +३५ क्याटेगोरीमा विजय हासिल गर्ने टिमले नगद पुरस्कार $१५०० लगायत ट्रफी, मेडल तथा सर्टिफिकेट तथा फर्स्ट रनर अप टिमले नगद पुरस्कार $८०० लगायत ट्रफी, मेडल तथा सर्टिफिकेट प्राप्त गर्ने छन्।

त्यसैगरी बिभिन्न विधामा पनि खेलाडीहरुलाई पुरस्कारको ब्यबस्था रहेको यस टुर्नामेण्टमा क्वाटर फाइनल देखि म्यान अफ द म्याच, टुर्नामेण्ट बेस्ट प्लेयरलाई नगद पुरस्कार $५०० लगायत ट्रफी र सर्टिफिकेट, टप स्कोरर अवार्डका लागि नगद पुरस्कार $२५० लगायत ट्रफी र सर्टिफिकेट, बेस्ट गोलकिपरलाई नगद पुरस्कार $२५० लगायत ट्रफी र सर्टिफिकेट, फेयर प्ले टिमलाई नगद पुरस्कार $२०० लगायत ट्रफी र सर्टिफिकेट, प्लेयर अफ द टुर्नामेण्टलाई नगद पुरस्कार $२०० रहेको छ भने अन्य व्यक्तिगत क्यास प्राइजहरु पनि रहेको छ जुन टुर्नामेण्टको संचालनको क्रममा जानकारी गराइने क्लबका जोइण्ट सेक्रेटरी तथा सकर टुर्नामेण्टका सदस्य शसेंद्र गौतम केशीले बताएका छन।

एक्स्पर्ट कप सकर टुर्नामेण्टमा सहभागिता जनाउनका लागि मेन्स ओपेन क्याटेगोरीमा प्रत्येक टिमले $९०० तथा +३५ क्याटेगोरीमा $५०० दर्ता शुल्क बुझाउनु पर्ने जानकारी गराउदै क्लबका म्यानेजर तथा सकर टुर्नामेण्ट आयोजक समितिका अर्का सदस्य दिपेन्द्र खड्काले बताएका छन। टुर्नामेण्टलाई भब्य रुपमा सफल बनाउनका लागि क्लबले बिभिन्न टास्क फोर्स बनाइ द्रुत गतिमा आ-आफ्ना जिम्मेवारीमा आइपरेका कार्यहरु ब्यबस्तित रुपमा अघि बढाई रहेको समेत टुर्नामेण्ट आयोजक समितिका सदस्य दिपेन्द्र खड्काले बताएका छन। टुर्नामेन्टमा मेल्बर्न नेपलिज कम्युनिटी वेस्ट, न्याभ बाल चौतारी वेस्ट र तामाङ सोसाइटी भिक्टोरियाको सहयोग रहने छ ।

रोयल वेस्टर्न क्लबका अध्यक्ष बम योन्जनले आफ्नो क्लबले यस टुर्नामेण्टको आयोजना गर्न पाउदा खुशी व्यक्त गर्दै यस टुर्नामेण्टलाई संचालनमा ल्याउन क्लबको नियमित मुख्य प्रायोजक एक्स्पर्ट एडुकेसन याण्ड भिसा सर्भिसेसका डाइरेक्टर सरोज शर्मा, बसन्त पोख्रेल लगायत सम्पूर्ण प्रतिनिधिहरु प्रति हार्दिक धन्यबाद ज्ञापन गरेका छन् र टुर्नामेण्टलाई सफल रुपमा संचालन गर्नका लागि सबैमा अनुरोध गरेका छन्।
विस्तृत जानकारीका लागि रोयल वेस्टर्न क्लबको वेबसाइट https://www.royalwesternsclub.com/ मा भिजिट गर्न सक्नु हुनेछ।

Leave a Reply