मिलन दाहाल । गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाको संयोजक रेनुका लामा साउथ अष्ट्रेलियाको स्थानिय काउन्सिलको चुनाबी प्रतिस्पर्धामा समेत उत्रने भएकी छन । लामा एडिलेड शहरबाट दक्षिणमा पर्ने मेरियन काउन्सिल अन्तरगतको वरिपरिङ्गा वार्डको काउन्सिलरका लागी चुनाबी प्रतिस्पर्धामा उत्रन लागेकी हुन । पेशाले रजिष्ट्रर्ड नर्श रहेकी लामा एडिलेडको एसफोर्ड हस्पिटलमा कार्यरत छिन । १० वर्षभन्दा लामो समयदेखी एडिलेडमा बसोबास गरिरहेकी लामा जस्टिस अफ पिस समेत हुन । लामाले एडिलेडमा नेपाली समुदायिक भवन बनाउनका लागी मेेरियन काउन्सिलमा ३ हजार बर्गमिटरभन्दा बढी जमिन दानसमेत गरेकी छन भने सामुदायिक भवन निर्माणको काम जारी रहेको छ ।
छ बटा वार्ड रहेको मेरियन काउन्सिल एडिलेडको मुख्यमध्येको एक हो । विश्वकै सबैभन्दा पुरानो जीवित संस्कृती मानिने एवोरिजिनल कल्चरको दृष्टिकोणबाट निकै महत्वपुर्ण रहेको वारिपरिङ्गा वार्ड ऐतिहासिक पदमार्ग र अष्ट्रेलियाका आदिवासीका बारेमा शिक्षाका लागी चर्चित वार्ड हो । सोही वारिपरिङ्गा वार्डबाट चुनिने दुईमध्ये एक काउन्सिलरको पदमा लामाले उम्मेद्वारी घोषणा गरेकी हुन । वारिपरिङ्गा बार्डअन्तर्गत बेडफोर्ड पार्क ( केही भाग), क्लोभेल्ली पार्क (केही भाग), मेरियन (केही भाग), मिचेल पार्क (केही भाग), स्टर्ट, टन्सली र सिकोम्ब हाइट सवहर्बहरु पर्दछन, जसमध्ये बेडफोर्ड पार्क, क्लोभेल्ली पार्क, मेरियन र मिचेल पार्क नेपालीहरुको उल्लेख्य बसोबास भएका सवअर्वहरु हुन । लामाले उम्मेद्वारी दिएका वडामा करिब १४ हजार मानिसहरुको बसोबस रहेको छ । उक्त वाडबाट सन २०१८ को काउन्सिलर निर्वाचनमा जम्मा २ हजार ५ सय ५५ भोट खस्दा १ हजार ३९ मत ल्याउने हट्चिन्सन निर्वाचित भएका थिए ।
वारिपरिङ्गा वार्डका दुइजनामा चुनिन लामाको अन्य चारजना सँग प्रतिस्पर्धा हुनेछ । सोही पदका लागी पिटर पोर्टवे, एरिक रासमुसेन, रेइलिन टेल्फर र एन बार्बरा समेतले उम्मेद्वारी घोषणा गरेका छन । पिटर पोर्टवे एसए हेल्थका व्यापार बिज्ञ हुन भने एरिक रासमसुन वकिल हुन । यसैगरि रेलिन टेल्फर वर्तमान कार्यकालकि काउन्सिलर हुन भने एन बार्बरा साउथ अष्ट्रेलियन सरकारकी पेशा विज्ञ हुन ।
साउथ अष्ट्रेलियामा काउन्सिलहरुको निर्वाचन चारचार बर्षमा हुनेगर्दछ । आगामी निर्वाचन नोभेम्बरमा हुने तय भएको छ । काउन्सिलको निर्वाचनमा भोट गर्नका लागी यो लिङ्क मा क्लिक गरि आफुलाई इनरोल गर्नुपर्ने हुन्छ । यसरी इनरोल गरेपछी आफुले उपलब्ध गराएको ठेगानामा काउन्सिलले ब्यालेट पेपर उपलब्ध गराउछ । काउन्सिलको निर्वाचनमा काउन्सिलका बासिन्दाका अलाबा सो काउन्सिलमा व्यापार व्यावसाय गर्नेहरु, घरधनि, व्यापारिक संस्थान आदिले समेत भोट गर्न पाउने व्यवस्था रहेको छ ।