अन्तराष्ट्रिय विद्यार्थीको काम गर्ने समयसीमा घटाउदै अष्ट्रेलिया

मिलन दाहाल । अष्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई पूर्णकालिन काम गर्ने अनुमति दिइरहेकोमा आगामी जुलाई १ देखी उक्त अनुमतिलाई खारेज गरेको छ ।अन्तराष्ट्रिय विद्यार्थीलाई दुइ हप्तामा बढीमा ४० घण्टासम्ममात्र काम गर्ने अनुमति दिनेगरेको अष्ट्रेलियाले कोरोना महामारीका कारण कामदारको चरम अभाव भएपछी अन्तराष्ट्रिय विद्यार्थीहरुको काम गर्न पाउने अवधीलाई असीमित बनाएको थियो । अष्ट्रेलियाको डिपार्टमेन्ट अफ होम अफेयर्सले आफ्नो वेभसाइटमा सुचना जारी गर्दै यस्तो बताएको हो । डिपार्टमेन्टले अष्ट्रेलियामा रहेका विद्यार्थी तथा नव आगन्तुक विद्यार्थी र तिनका डिपेन्डेन्टले जुन ३०, २०२३ सम्म पूर्णकालिन कामगर्न पाउने तर त्यसभन्दा पछी अर्थात जुलाई १, २०२३ बाट भन्ने पुरानै नियम कायम रहने बताएको छ ।

पढाईको समयमा काम गर्ने सीमामा फेरबदल गरेपनि पढाई सकेपछी दिने सुविधामा भने अष्ट्रेलियाले थप गरेको छ । गत सेप्टेम्बर २, २०२२ मा अष्ट्रेलियाका गृह मामिला मन्त्री क्लेर ओ’निल तथा शिक्षामन्त्री जसन क्लेरले एक प्रेश विज्ञाप्ति जारी गर्दै अष्ट्रेलियाले दिनेगरेको ‘पोस्ट स्टडी वर्क राईट’ को समयसीमा बढाएको घोषणा गरेका थिए । जारी विज्ञाप्तिका अनुसार व्याचलरका विद्यार्थीले ४ बर्ष, मास्टरका विद्यार्थीलाई ५ बर्ष तथा पि एच डीका विद्यार्थीलाई ६ बर्षको पोस्ट स्टडी भिषा पाउनेछन जुन अवधी हालसम्म क्रमश: २, ३ र ४ बर्ष रहेको थियो । यसले अष्ट्रेलियमा अध्यायन गरेका अन्तराष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलियामा राख्न तथा ‘स्क्लि्ड लेवर’ को संख्यालाई बढाउने उनीहरुको विश्वास रहेको छ ।यस निर्णयले अष्ट्रेलियामा प्राप्त गरेको दक्षताले अष्ट्रेलियामा लामो समयदेखी व्याप्त ‘स्किल शर्टेज’ लाई घटाउन सहयोग गर्ने शिक्षामन्त्री जशन क्लेयर बताउछिन । हाल अष्ट्रेलियामा अध्यायन गर्नेमध्ये करिब १६ प्रतिशत विद्यार्थीहरुमात्र अष्ट्रेलियामा बस्ने र काम गर्ने गरेका छन ।

 

Advertisements

Leave a Reply