अष्ट्रेलियामा विद्यार्थी भिषा बाहकलाई काम प्रतिबन्ध फुकुवा, केही विद्यार्थीले असिमित काम गर्नसक्ने

अष्ट्रेलियाले विद्यार्थी भिषाबाहकहरुलाई काम गर्न लगाउदै आएको प्रतिबन्ध केही समयका लागी खुकुलो बनाउने निर्णय गरेको छ । वर्तमान कोरोना भाइरसका कारण सिर्जित जनशक्ति अभावलाई कम गर्नका लागी केही विषय र क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय विद्यार्थीहरुको कामको प्रतिबन्ध हटाएको हो । 

यसरी प्रतिबन्ध हटाइएका विद्यार्थीहरुमा नर्सिङलगायतका स्वास्थसम्बन्धित कोर्षहरुमा भर्ना भइ स्वास्थ क्षेत्रमा काम गर्ने, एज्ड केयरका क्षेत्रमा काम गर्ने तथा नेशनल डिसेबिलिटि इन्सुरेन्स स्किम (NDIS) बाट सम्बन्धन पाएका रोजगारदाताहरुका लागी काम गर्ने अन्तराष्ट्रिय विद्यार्थीहरुको हकमा लाग्दै आएको प्रतिबन्ध हटाएको हो ।  सरकारको नियम अनुसार अष्ट्रेलियामा विद्यार्थीहरुले हप्ताको २० घण्टामात्र काम गर्न पाउने नियम रहेको छ । 

केही अगाडी सरकारले सुपरमार्केटमा काम गर्ने विद्यार्थीहरुका लागी समेत यस्तो प्रतिबन्ध हटाएको गत १ मे देखी यस्तो हटाएको प्रतिबन्ध पुन हटाएको छ । अर्थात सुपरमार्केटमा काम गर्ने विद्यार्थीले १ मे पछी हरेक दुइहप्तामा ४० घण्टासम्ममात्र काम गर्न पाउछन । 

अष्ट्रेलियाले १८ मार्चमा एज्ड केयर तथा २३ अप्रिलमा NDIS बाट सम्बन्धन प्राप्त रोजगारदाताहरुका लागी काम गर्ने अन्तराष्ट्रिय विद्यार्थी हरुको हकमा हटाएको यस्तो फुकुवालाई केही समयका लागी निरन्तरता दिने निर्णय गरेको हो । 

Leave a Reply