भारतको चन्डीगढमा पढ्ने ५५ विद्यार्थी चरम समस्यामा: नेपाली दूतावास सम्पर्कमै रहदैन

भारतमा कोरोनाको संक्रमण बढ्दै जाँदा भारतको चन्डीगढमा पढ्ने ५५ जनाभन्दा बढी नेपाली विद्यार्थीहरु  चरम समस्यामा परेका छन । भारतको  चन्डीगढमा पढ्ने नेपाली विद्यार्थीहरुलाई नेपाल सरकारले त्यहाँबाट उद्दार नगर्दा उनीहरु समस्यामा परेका हुन र उनीहरुको समस्या बढ्दो छ । भूटान, थाइल्याण्ड,  अफगानिस्तान लगायतका मुलुकले त्यहाँ पढ्ने विद्यार्थीहरुको उद्दार गरिसक्दा पनि नेपालले चासो नदिएका कारण उनीहरुले देशबिहिन जस्तै बनेको अनुभव नेपाल अष्ट्रेलिया समचारलाई सुनाए । 

चण्डीगढमा पत्रकारितामा मास्टर गरिरहेकी रुपा (नाम परिवर्तन) आफु निकै निरास भएको बताउछिन । नेपाल अष्ट्रेलिया समाचारसँगको कुराकानीमा उनले आफ्नो समस्यावारे नेपाली दुतावासलाई इमेल पठाँउदा इमेलको प्रतिउत्तर नआएको र सम्पर्क गर्न खोज्दा सम्पर्क नभएको बताइन । 

रुपा युनिभर्सिटीले सहयोग र सान्त्वना दिइरहेको भएपनि नेपाली दूतावास र नेपाल सरकारले गर्नु पर्ने सहयोग नगरेको बताउछिन्। 

“अरु सबै देशले आफ्ना विद्यार्थी फिर्ता लगिसक्यो । हामीलाई गरेक दिन होस्टलले तिमीहरु कहिले आफ्नो देश जाने भनेर सोध्छ । नेपाली दूतावासले इमेलको कुनै प्रतिक्रिया नै दिदैन । दूतावासको उपलब्ध गराइएको फोन नम्बरपनि नक्कली रहेछ । यो होस्टलमा ५५ जनाभन्दा बढी नेपाली विद्यार्थी छौं, केही बाहिर बस्छन । बाहिर बस्नेपनि निकै ठूला मानिसक लगायतका समस्यामा छन ।”

कुराको सिलसिलामा भावुक हुँदै रुपा घरिघरि किन यस्तो नागरिकको वेवास्ता गर्ने देशमा जन्मिएछौं भन्ने लाग्ने गरेको सुनाउछिन । 

भारतमा रहेको दुतावासले जारि गरेको सुचनामा उपलब्ध गराइएको फोन नम्बरमा सम्पर्क गर्दा समेत दूतावासलाई सम्पर्क गर्न नसकिएको रुपा सुनाउछिन । 

सरकारले विमानकोमात्र प्रबन्ध गरिदिए लागेको खर्च ब्योहोर्न अधिकांश विद्यार्थी तयार छन । 

उता अष्ट्रेलियाले आफ्ना नागरिकको उद्दार गरि २ अप्रिलमा अष्ट्रेलिया लगेको नेपाल वायुसेवा निगमको जहाजमा पनि नेपालले नेपाल फर्कन चाहने नेपालीहरुलाई फिर्ता ल्याएन । चर्को जनदवावका बिचपनि दोस्रोपटक ६ मेमा अष्ट्रेलिया आउदै गरेको विमानमा अष्ट्रेलियाबाट नेपाल फर्कन चाहने नेपाली लैजाने नेपाल सरकारको कुनै तयारी छैन ।  

Leave a Reply