मिलन दाहाल/अष्ट्रेलिया कोरोना महामारीका बिचमा सबै देशले विदेशमा फसेका आफ्ना नागरिक स्वदेश फर्काउदैछन । अमेरेिका, अष्ट्रेलिया, बेलायत लगायतका देशको त कुरा छौडौं विकाशशिल तथा कम विकसित देशहरुले समेत आफ्ना नागरिकलाई उद्दार गरि स्वदेश फर्काइरहेका छन । यसै सिलसिलालामा २ सय ८१ जना अष्ट्रेलियाका नागरिक तथा स्थायी बासिन्दा लिएर बुधवार दोस्रो पटक नेपाल वायुसेवा निगमको जहाज अष्ट्रेलिया आउदैछ तर नेपालको नेपाली नागरिक उद्दार नगर्ने नीतिका कारण दोस्रोपटक समेत अष्ट्रेलिया आएको नेपाली विमान रित्तै फर्कन लागेको हो ।
न्यूजिल्याण्ड तथा अष्ट्रेलियाका नागरिक तथा अष्ट्रेलियाका स्थायी बासिन्दा लिएर गएको २ अप्रिलमा आएको नेपाली जहाजसमेत रित्तै फर्किएको थियो । दोस्रोपटक अष्ट्रेलिया आउनलागेको नेपाली विमानमा नेपालीहरुलाई फिर्ता लैजान हज्जारौंको संख्यामा नेपाली नागरिक, पत्रकार एवं संघसस्थाका प्रतिनिधीले नेपाली दुतावासमार्फत नेपाल सरकारलाई आग्रग गर्दा समेत नेपाल सरकारको मन पग्लिन सकेन ।
यति ठूलो संकटमा मजदुर र गरिब जनताले पाएको दुखकष्ट देखेर पनि मन नपग्लने कस्ता मान्छेको राज छ सिंहदरबारमा ? भन्ने प्रश्न गर्छन अष्ट्रेलियामा रहेर विश्वराजनीतिलाई नियालिरहेका पत्रकार एवं विश्लेषक डा. भरतराज पौडेल ।
नेपालमा लकडाउन भएका कारण अष्ट्रेलियन दूतावासले यात्रुहरुलाई एयरपोर्टसम्म आउनका लागी स्थानिय यातायातको समेत प्रबन्ध गरेको छ ।
नेपालका परराष्ट्र मन्त्रीले प्राथमिकताका आधारमा विदेशबाट आफ्ना नागरिक फिर्ता ल्याउने भाषण गरिरहदाँ आफ्नै ध्वजाबाहक दोस्रोपटक अष्ट्रेलिया आउदाँसमेत स्वदेश फर्कन चाहने अष्ट्रेलियामा फसेका नेपालीहरु देश फर्कन नपाउँदा निराश बनेका छन ।
भारतमा फसेका नेपाली विद्यार्थीहरु समेत नेपाल सरकार र दुतावासको व्यावहारका कारण रुष्ट र निराश बनेका छन । भारतबाट आफुहरुलाई उद्दार गर्न नेपाली दूतावासलाई सम्पर्क गरेका केही नेपाली विद्यार्थीलाई दूतावासका कर्मचारीले फोनमा झर्कोफर्को गरेको समेत समाचार प्रकासमा आएको छ ।
दुबइमा स्वदेश फर्काइनुपर्ने माग राख्दै नेपालीहरुले दूतावासअगाडी प्रदर्शन शुरु गरेका छन ।