‘समुद्री तट’मा अपनाउनुपर्ने सावधानीबारे जनचेतना जगाउँदै ‘नेप्लिज इन एडिलेड’

मिलन दाहाल- अटिज्म भएका एक बालकलाई समुद्रमा पौडी खेल्न लिएर जान्छन अष्ट्रेलियामा डिसेबिलिटीको क्षेत्रमा काम गर्ने एक नेपाली युवा । समुद्रमा खे्ल्ने क्रममा उनीहरु केही गहिराइमा पुग्छन । पौडी र समुद्रको छालको प्रकृतिसँग अभ्यस्त बालक पौडेर निक्लन्छन । अलिअलिमात्र पौडन जान्ने नेपाली युवा समुद्रको छालको बहाबलाई राम्रोसँग नबुझेका कारण डुबेर मर्छन । 

साउथ अष्ट्रेलियामा गतबर्ष घटेको यो घटना एक उदाहरण मात्र हो । कतैबाट पनि समुद्रले नछोएको हाम्रो देशका विद्यार्थीहरु हरेक बर्ष गर्मीको मौसममा ‘समुद्री तट’ बारे अज्ञानताकै कारण अष्ट्रेलियामा ज्यान गुमाउने गरेका छन । नेपालीहरुको संख्या बढे सँगै नेपाली समुदायले अष्ट्रेलियाका बिभिन्न निकायसँग सहकार्य गर्दै समुद्री तट सावधानी (Beach Safety) विषयमा बिभिन्न जनचेतनाका कार्यक्रमहरु गर्न थालेका छन । 

गत बर्ष नेपाली विद्यार्थी निश्चल घिमिरेको मृत्यु भएपछी ‘समुद्री तट’मा अपनाउनुपर्ने सावधानीबारे जनचेतना जगाउने उदेश्यले एनआरएनएले ४ मार्चमा ग्लेनेल्ग सर्फ क्लबसँगको सहकार्यमा ग्लेनेल्गमा एक कार्यक्रम गर्यो तर  उल्लेख्य रुपमा विद्यार्थीलाई समेट्न नसकेको एनआरएनएले नै स्चिकार गर्यो । 

त्यही कार्यक्रमलाई निरन्तरता दिदै यस बर्षको गर्मी मौसमको शुरुवातमा नै ‘नेप्लिज इन एडिलेड’ले ‘बिच सेफ्टि अवेरनेस प्रोग्राम’ को आयोजना गर्ने भएको छ । कार्यक्रम ८ जनवरी २०२० मा अपह्रान्न ३.३० बजेदेखी ग्लेनेल्ग बिचमा हुने आयोजक संस्थाले बताएको छ । कार्यक्रममा समुद्रमा प्रवेश गर्नुअघि थाहा पाउनुपर्ने कुराहरु र उक्त कुराहरु थाहा नपाईकन समुद्रमा पस्दा हुनसक्ने दुर्घटनाको बारेमा उपस्थितहरुलाई जानकारी गराइने आयोजक सस्थाका अध्यक्ष प्रकाश गैरेले बताए । 

सस्थाले उक्त कार्यक्रमको सहयोगार्थ फेसबुकमार्फत सहयोग संकलन समेत गरिरहेको छ । फेसबुकमार्फत उक्त कार्यक्रमका लागी हालसम्म सन्तोष आर्याल, सान्जिभ राज, रुपेन्द्र थापा, सुरेन्द्र पाण्डे, कमल थापा मगर, पारष पौडेल, ममता श्रेष्ठ, रोषन ढकाल, सुनिल कुवर, सुरज कुमार कटुवाल, सुपक अधिकारी, सागर श्रेष्ठ, कुश श्रेष्ठ, प्रकाश गैरे, मनोज राइ, मनोरथ पौडेल र अनिल उपाध्यायले सहयोग गरिसकेका छन । 

Leave a Reply