बाबुको मृत्यु र आमा पक्राउ परेपछी सन्तोषकी किसोरी छोरीको बिचल्ली

सिड्नी- गत शनिवार साँझ श्रीमान श्रीमति बिचको खटपटपछी भएको झगडाका  कारण सिड्नीमा मृत्यु भएका बुटवलका सन्तोष गौतमकी छोरीको बिचल्ली भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन । सन्तोषका साथीहरुले उनी असल मानिस भएको प्रतिकृया दिएका छन भने लामो समयदेखी स्थाइ बसोवास नपाएका उनीहरुका बिच स्थाइ बसोवास विवादको कारण हुनसक्ने बताएका छन ।

सन्तोषका छिमेकीले उनीहरुबिच विवाद भइरहने प्रतिकृया दिएका छन । सिड्नीको ग्रानभिलमा रहेको घरमा शनिवार साँझ बेहोस अवस्थामा भेटिएका गौतमको अस्पताल लैजानासाथ मृत्यु भएको थियो । उनीसँगै भेटिएकी उनकि श्रीमति सामान्य उपचारपछी अस्पतालबाट डिस्चार्ज भएकी भएपनी प्रहरीले पक्राउ गरेका कारण किसोरी छोरी एक्ली बनेकी हुन । उनको जमानत अदालतले अस्विकार गरेको छ । उनलाई घटनाबारे अनुसन्धान गरिरहेको सिड्नी प्रहरीले २८ नोभेम्बरमा पुन अदालतमा  पेश गर्ने छ । 

Leave a Reply