इश्वर पोखरेलको चौबिसै घण्टा सार्बजनिक

अष्ट्रेलिया कर्मथलो बनाई नेपाली साँगीतिक क्षेत्रमा योगदान दिइरहेका गायक ईश्वर पोखरेलको नयाँ सांगीतिक कोशेली ‘चौबिस घण्टै’ हालसालै सार्बजनिक भएको छ। गीतमा ईश्वर पोखरेल र मेलिना राईको स्वर, एक नारायण भण्डारीको शब्द र कृष्ण बिकको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी र सुरज पौडेलको अभिनय रहेको छ । प्रकाश धितालले निर्देशन गरेको म्युजिक भिडीयोमा बिकास दाहालको सम्पादन, सन्तोष राजबाहकको कोरियोग्राफी र उत्सब दाहालको छायङ्कन रहेको छ। गीतलाई एम्पाएर एजुकेशन एण्ड भिजा सर्भिसेसले प्रायोजन गरेको हो।

पोख्रेल सन् २००९ देखी अष्ट्रेलिया बस्दै आएका छन । पोख्रेलका २ दर्जन भन्दा बढी गीत रेकर्ड भईसकेका छन । यस अघि २ सोलो अल्बम – “शीतल” अनी “अराइज” सहित अष्ट्रेलियाबाट सामुहिक गीति संग्रह ”उडान” पनि २ बर्ष अगाडि रिलिज गरेका गायक पोखरेलको रातो रिबन, काली मोरी, तिमी छैनौ त छैन शीतल, मैले झै मर्ने बारे सोछ्छौ होला, कती बज्यो भनेर सोधौ’ दर्शकले अत्याधिक मन पराएका गीतहरु हुन् । https://www.youtube.com/watch?v=MReHo_dqJQY&fbclid=IwAR2LOM5lTzXq_I2nkVEW-H15f9uvCVuz7UOBiCO03AUKkOaM6jf023yFSUo

Advertisements
Advertisements

Leave a Reply