कम्युटर भोटिङको नतिजामा गम्भिर त्रुटी, उमेद्वारहरुमा तीब्र असन्तुष्टि

८ जुलाई २०१९, सिड्नी- गैर आवासीय नेपाली संघको २ दिन अगाडी भएको निर्वाचनताका निकै रोचक घटनाहरु भए । ६ जुलाईका दिन अपह्रान्न १ बजेतिर न्यु साउथ वेल्सका मतदाताहरुलाई एनआरएनएको अफिसियल नम्बरबाट गएजसरी एनआरएनए अष्ट्रेलियाका सदस्यहरुलाई एक पक्षको नामावली राखेर उक्त नामहरुमा मतदान गर्न आव्ह्वान गरिएको थियो ।  त्यसको लगत्तै दुबै पक्षका अध्यक्षका उम्मेद्वारहरुले ‘उक्त कार्य चुनाब भाड्न खोज्ने तत्वले गराएको निश्कर्ष निकाल्दै’ त्यसको पछी नलागी निर्वाचनमा मतदान गर्न आव्हान गर्दै समाजिक सञ्जालमार्फत विज्ञाप्ति निकाले । चुनाब सकिन केही बेर बाँकी छदा एक अध्यक्ष पदका प्रत्यासि हार स्विकार गर्दै  अर्का प्रत्यासिलाई बधाइ दिइ आफ्नो राज्य फर्किए । चुनाब सकिएको केहीबेरमा एकजनाले करिब ६ सय भोटले चुनाब जितेको नतिजा बाहिरियो । निर्वाचन आयोगले अर्कै अध्यक्षले जितेको घोषणा गर्यो । निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार एक पद छोडेर बाँकि सबै पदमा त्यो टेक्स्ट म्यासेजमा भएकै उम्मेद्वारहरु बिजयी  भए ।

यता साउथ अष्ट्रेलियामा केही यस्ता नम्बरहरुमा मतदानको आब्ह्वान गर्दै म्यासेज आएको जानकारी अनलाईन एडिलेडलाई आएको छ जुन नम्बर एनआरएनए भन्दा बहेक कतै उपलब्ध भएको छैन । स्रोतले एउटा यस्तो घटनाको सुचना अनलाईन एडिलेडलाई दियो, जसमा एनआरएनएलाईमात्र उपलब्ध गराइएको छोरीको मोबाइल नम्बरमा मतको आब्ह्वान गरिएको छ । 

निर्वाचन आयोगले आफ्नो वेभसाइटमा उपलब्ध गराएको निर्वाचनको नतिजामा समेत जोडघटाउमा ब्यापक त्रुटी रहेको छ । सामान्यतया कम्युटरले गरेको क्याल्कुलेसनमा गढबढी हुदैन । तर कम्युटर भोटिङ गरेर एक्सल सिटमै सार्बजनिक गरिएको नतिजामा व्यापक त्रुटी देखिदा उम्मेद्वारहरुमा असन्तुष्टि देखिनु असामान्य होइन ।  

यस बिषयमा जिज्ञासा राख्दा प्रमुख निर्वाचन आयुक्त मन केसीले भोटिङ्ग सेवाप्रदायक भेरोभोडिङसँग आकस्मिक मिटिङ बोलाईएको जानकारी दिए । 

उता एनआरएनए अष्ट्रेलियाका लगी अध्यक्षका दुबै उम्मेद्वारका लागी खसेको भोट र कसैलाई भोट नहाल्नेहरुको संख्या जोड्दा ८ हजार ३६६ हुन्छ, जुन कुल खसेको भोट भएको निर्वाचन आयोगले बताएको छ । महासचिबले कुल खसको मतभन्दा बढी अर्थात ८ हजार ३६७ भोट पाएको देखिन्छ भने सचिबहरुले पाएको  भोट उक्त संख्यामा २ भोट कम हुन आउछ ।  यसैगरी कोषाध्यक्षसम्म आइपुग्दा कुल संख्या ८ हजार  ३६५ र सहकोषाध्यक्षसम्म आउदा ८ हजार ३६२ हुन्छ । 

यसैगरी युथ कोअर्डिनेटरमा कुल ८ हजार ३६४ भोट खसेको देखिन्छ जुन कुल भोटभन्दा २ ले कम हो । 

घटनाको यस्तो श्रींखलाका बिच हार्ने उम्मेद्वारहरुले तीब्र असन्तुष्टि पोखेका छन । साउथ अष्ट्रेलियाका उम्मेद्वारहरुसँग यसबारे प्रतिक्रिया लिंदा आफुहरुले प्रजातान्त्रिक पद्दति स्विकार गरेको भएपनि मनपरितन्त्र कहिल्यै नस्विकारेको र एनआरएनए अष्ट्रेलियन कानुन अनुसार दर्ता भइसकेको संस्था भएकाले आफ्नो हक र सदस्यहरुको गोपनियतामा भएको सम्झौताका विरुद्द कानुनी लडाई लड्ने बिषयमा तीब्र छलफल भइरहेको प्रतिक्रिया दिए । 

Leave a Reply