राजेश हमाल एडिलेड आउदै, शैलेन्द्र सिंखडा, मेनका पौडेल र एंजिला रेग्मीपनि आउने

११ जुलाइ २०१९, एडिलेड- नेपाली चलचित्र जगतमा ‘महानायक’को उपमा पाएका अभिनेता राजेश हमाल एडिलेड आउने भएका छन । मेट्स इन्टरनेशनल एजुकेशन एन्ड भिषा सर्भीसेसको प्रायोजनमा गिरिस इभेन्ट्स एन्ड इन्टरटेनमेन्टले २०७२ सालको भुकम्पका पीडित अभिभावक गुमाएका तथा आँखा नदेख्ने बालबालिकाहरुका लागी घर निर्माण गर्न सहयोग गर्नका लागी आयोजना गर्न लागेको एक ‘च्यारिटि कार्यक्रम’का क्रममा आउन लागेका हुन् । हमालसंगै नेपाली आइडलमा धेरैको मन जित्न सफल गायीका मेनका पौडेल, गायीका एन्जिला रेग्मी तथा कबि एवं साहित्यकार शैलेन्द्र सिंखडापनि आउन लागेका हुन् । 

१३ जुलाईमा पुरकाको ‘भिक्ट्रि चर्च’ (5 Maxwell Road, Pooraka) मा अपह्रान्न ४:३० बजेदेखी कार्यक्रम हुने आयोजकले बताएका छन । खाना र पेयपदार्थ सहित कार्यक्रमको प्रवेश शुल्क ३० डलर रहेको छ भने खाना र पेयपदार्थ नचाहनेहरुले २० डलर तिरेरपनि प्रवेश पाउनेछन् । कार्यक्रमको थप विवरण पम्प्लेटमा रहेको छ । 

Advertisements
Advertisements

Leave a Reply