सिड्नीमा वारड्रोभमा मृत भेटिएकी युवतीको हत्या भएको हो: युवतीको परिवार

सिड्नीमा ७ मे मा आफ्नै युनिटको वारड्रोभमा मृत भेटिएकी प्रिती (नाम परिवर्तन) को हत्या भएको प्रितीको परिवारले दावी गरेको छ । आज नेपाल अष्ट्रेलिया समाचारसँग गरेको कुराकानीको क्रममा प्रितीको परिवारले यस्तो दावी गरेको हो । 

सन २०१८ को फेब्रुवरीमा पहिलोपल्ट अष्ट्रेलिया अएकी झापाकी प्रिती सिड्नीको इन्टरनेशनल कलेज अफ म्यानेजमेन्टमा अध्यायनरत थिइन । सन् २०१९ को जुलाईमा नेपाल गई बिबाह गरि पुन: अष्ट्रेलिया फर्किएकी प्रितीले फर्किएको केही समयमा श्रीमानलाई समेत अष्ट्रेलिया बोलाएकी थिइन । अष्ट्रेलिया आउने खर्च ब्योहोर्ने शर्तमा अष्ट्रेलिया आएका प्रितीका श्रीमान अष्ट्रेलिया आएदेखीनै राम्रोसँग काम गर्ने नगरेको र प्रितीलाई पिट्ने र प्रितीले काम गरेर कमाएको पैसासमेत खोस्नेगरेको परिवारको दाबी छ । नेपालमा रहेकी प्रितीकी दिदीका अनुसार पछिल्लो समय प्रिती निकै तनाबमा रहनेगरेकी थिइन । प्रितीले पटक पटक फोन गरि आफुलाई श्रीमानले शरीरिक तथा मानसिक पीडा दिनेगरेको उनकी आमा र  दिदीलाई बताउने गरेको भारतको बैंगलोरमा रहेकी प्रितीकी दिदीकी छोरीले नेपाल अष्ट्रेलिया समाचरलाई बताइन । 

परिवार तथा प्रितीका शिक्षकहरुले प्रिती निकै असल रहेको टिप्पणी गरेका छन । स्कुलमा रँहदा प्रितीकि प्रिय शिक्षक रहेकी दुर्गा सिवाकोटीले परिवारकी कान्छी सदस्य रहेपनि प्रिती निक्कै असल रहेको टिप्पणी गरेकी छन । प्रितीलाई श्रद्दाञ्जली दिँदा आफुलाई निकै गाह्रो भएको बताउदै शिवाकोटीले समेत प्रितीको मृत्यु शंकास्पद नै रहेको बताइन । 

परिवारले कोरोना भाइरसको लकडाउनका कारण आफुहरु अष्ट्रेलिया आउन संभव नभएकाले अष्ट्रेलियाको नेपाली समुदायसँग प्रितीको न्यायका लागी लडिदिन अपिलसमेत गरेको छ । 

प्रितीको मृत्युका सम्बन्धमा अष्ट्रेलियन प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाका सम्बन्धमा  हालसम्म कुनैपनि विवरण सार्बजनिक गरिरकेको छैन । 

सोही समाचारसँग सिड्नीको एक अनलाईनले गैर आवासीय नेपाली संघको नाम जोडी संघले सहायता दिन ढीला गरेका कारण प्रितीले आत्महत्या गरेको आशयको समाचार लेखेको प्रति गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले निन्दा गरेको छ ।शनिवार संघले एक प्रेश विज्ञाप्ति जारी गर्दै खेद प्रकट गरेको हो ।

“घटना घटेलगतै एक अनलाईनमा प्रकाशित समाचार प्रति यतिबेला एनआरएनए अष्ट्रेलियाको ध्यानाकर्षण भएको छ । प्रकाशित समाचारमा मृतकले एनआरएनए अष्ट्रेलिया एनएसडब्लु राज्य समितिसँग राहत मागेको तर राहत दिन ढिला भएको कारण उक्त घटना घटेको हुन सक्ने आशयको कपोलकल्पित समाचार प्रति एनआरएनए अष्ट्रेलिया खेद प्रकट गर्दछ ” एनआरएनए अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले हस्ताक्षर गरेको प्रेश विज्ञाप्तिमा भनिएको छ । संघले अष्ट्रेलियामा रहेको नेपाली  पत्रकारहरुको संगठन अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एसोसिएसनको रोहवरमा उक्त अनलाईनसँग स्पस्टिकरण लिई संघको आगामी धारणा सार्वजनिक गरिनेसमेत विज्ञाप्तिमा बताइएको छ । 

एनआरएनए अष्ट्रेलियाद्वारा जारी प्रेश विज्ञाप्ति

(परिवारको आग्रहमा युवतीको नाम र फोटो गोप्य राखिएको ।)

 

Leave a Reply