‘नेपालमा पनि भ्रष्टाचारीलाई नंग्याउनुपर्छ’

२०७१ फाल्गुन ९, काठमाडौं : आम आदमी पार्टीका केन्द्रीय प्रवक्ता आशुतोषले नेपालमा भ्रष्टाचार रोक्नका लागि नयाँं शक्तिको खाँचो रहेको बताएका छन् ।
 
शनिबार रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कारमा सहभागी प्रवक्ता आशुतोषले भने, नेपालमापनि भ्रष्टाचारका विरुद्धमा भारतमा आम आद्मी पार्टीले चलाएको जस्तो शान्तिपूर्ण आन्दोलनको आवश्यकत्ता नेपालमा पनि छ । त्यसका लागि नयाँ शक्ति चाहिन्छ । उनले भने–‘राजनीतिमा भ्रष्ट व्यक्तिहरुलाई ल्याउनु हुँदैन, पैसाले चुनाव जितेर जानेहरुले सही नीति तथा नियम बनाउनै सक्दैनन, त्यसैले प्रत्यक्ष जनतासँग साक्षात्कार गर्ने व्यक्तिहरुलाई मात्रै त्यो ठाउँमा पठाउनुपर्छ ।’
 
नेपालमा पनि व्यापक भ्रष्टाचार हुने गरेको आफुले पनि सुनेको बताउँदै उनले भने–‘ भ्रष्टाचारीहरुलाई जनतासामु नंग्याउनु पर्छ । उनीहरुलाई सत्तामा जान दिनु हुँदैन । त्यसका लागि मिडियाले प्रभावकारी भूमिका निर्वाह गर्नसक्छ ।रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले निम्तामा उनी काठमाडौं आएका हुन् । क्लबको १७औं वार्षिकोत्सवमा विशिष्ट अतिथिको लागि नेपाल आउन केजरीवाललाई आग्रह गरिएको क्लबले जनाएको छ ।
 

नयाँ दिल्लीमा आफ्नो पार्टीले चमात्कारिक विजय हासिल गरेसँगै विभिन्न टिकाटिप्पणी सुरु भएको उल्लेख गर्दै आफ्नो पार्टी काअध्यक्ष अरविन्द केजरीवाललाई स्थापित हुन कम्तिमा पनि ६–७ महिना लाग्ने हुँदा त्यसपछि मात्रै नेपाल भ्रमण गर्न सक्ने जानकारी दिए ।

भारतमा आफ्नो पार्टीले भ्रष्टाचारको विरुद्धमा अभियान चलाउँदा जनताको मन जित्न सफल भएको उदाहरण पेश गर्दै नेपालमापनि भ्रष्टाचारको विरुद्धमा नयाँशक्तिको आवाश्यक रहेको बताए । 

उनले आफ्नो पार्टी भारतमा नयाँ भएकाले विस्तारै यसले आफ्नो जगहाल्ने स्पष्ट पारे । नेपाल पनि हिन्दूको आस्था भएकोले नेपाल र भारतवीचको सम्बन्ध अझ नजिक बनाउन यसले बल पुगेको स्पष्ट पारे ।नेपाल–भारत सम्बन्ध ऐतिहासिक भएकाले यसलाई आगामी दिनमा अझ मजबुद बनाउनुपर्ने बताए । उनले भने–‘नेपालविश्वमै अध्यात्मिकआस्थाको केन्द्र हो, त्यसलै धर्मको माध्यमबाट विश्वमै शान्तिको पाठ पढाउन यसले मद्यतपुर्याउन सक्छ ।’

नेपालमा संविधानका विवादित विषयमा गहन छलफल गरेर सहमति खोज्न सुझाव दिएका छन् । संविधानकाअन्र्तवस्तुमा सहमति खोज्न नेपालका राजनीतिक दलहरुले न्यूनतम साझा अवधारणा तयार पारेर टुंगो लगाउनुपर्ने बताए । उनले भने–‘कस्तो शासनप्रणाली अपनाउने ? के गर्ने ?कति वटा प्रदेश बनाउने भन्नेविषयमानेपालकासबै राजनीतिकपार्टीकाधारणाहरुमा व्यापक छलफल गर्नु नै उत्तम हुन्छ । संविधाननिर्माण गर्दा जति धेरै छलफल ग¥यो त्यति नै सहमतिको नजिकपुग्न सकिन्छ ।’
 
नेपालमा कस्तो संघीयता आवश्यक होला भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले संघीय प्रणालीको वारेमा भारतम ापनि समान धारणा नभएको उल्लेख गर्दै नेपालमा पनि सबै दलहहरुको वीचमा सहमति हुन नसक्ने हुँदा सकेसम्म व्यापक छलफल गरेर संघीय राज्य बनाउँदा उत्तम हुने सुझाव दिए । उनले लोकतन्त्रको संस्थागतविकास, संघीयता, धर्मनिरपेक्षता जस्ता विषय नेपालीले नै तय गर्नुपर्ने सुझावदिए । हिन्दूधर्मलाई आफूले मान्ने बताउँदै नेपाललाई हिन्दूराष्ट्र बनाउने या नबनाउने भन्ने कुरा नेपालीजनता र राजनीतिकदलहरुले नै तय गर्नुपर्ने उनको सुझाव रहेको छ । 

Leave a Reply