महामन्त्रीमा युवा नउठे आफै भिड्ने गगनको उद्घोष

gagan१८ जनावरी २०१५, दाङ- नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसको १३ औं महाधिबेशनमा युवा पुस्ताले महामन्त्रीमा उमेद्वारी दिने बताएका छन् ।

पार्टीका निर्णायक तहमा पदाधिकारीको भूमिका हुने भएकाले युवा पुस्ताले महामन्त्रीमा दावी गर्ने उनले बताए ।

दाङको घोराहीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले आफ्नो पुस्ताका अरु नेताहरु तयार नभए महामन्त्रीमा उमेदवारी दिन आफू तयार रहेको बताए ।

अघिल्लो पुस्ताका सबै नेताहरुले सभापति ताकिरहेकाले महामन्त्री युवा पुस्ताकै हातमा आउने सम्भावना बढेको उनले बताए । हाल सभापति, उपसभापति रहेका नेताहरु पार्टीको अभिभावकको रुपमा रहनुपर्ने र अहिले महामन्त्री रहेका नेताहरु सभापति जानुपर्ने उनको धारणा थियो ।

कार्यकारी पदमा उमेरको हदबन्दी कायम गर्न आवश्यक रहेको थापाले बताए । पार्टी गुटहरुको संघ जस्तै भएको भन्दै भन्दै उनले फरक मत हुनु स्भाविक भएपनि गुटलाई भने अत्य गर्नुपर्ने बताए ।

– See more at: http://www.onlinekhabar.com/2016/01/376332/#sthash.0UsaENmq.8hieQyld.dpuf

Leave a Reply