युवाको अन्तिम संस्कारका लागी चार दिनमा उठ्यो २१ हजार डलर

१२ जनवरी २०२५, एडिलेड- पानीमा डुबेर न्यू क्यासलमा गत हप्ता निधन भएका नेपाली विद्यार्थीको अन्तिम संस्कारका लागी ४ दिनमा २१ हजार अस्ट्रेलियन डलरभन्दा बढी संकलन भएको छ । १७ हजार सहयोगको आह्वान गरि सहयोग संकलन शुरू गरिएकामा अपेक्षित रकम संकलन भइसकेकाले परिवारले हाल सहयोग संकलन बन्द गरेको छ ।

सिड्नी बस्दै आएका गोरखाका २२ बर्षीय युवा साथीहरूसँग न्यू क्यासलमा बिदा मनाउन गएकोमा आफू एक स्विमिङ पुलमा डुवेकामा दुई दिनपछि अस्पतालमा उनको मृत्यु भएको थियो ।

Leave a Reply