एडिलेडमा १३ सय नयाँ घरहरू बन्ने
१२ जनवरी २०२५, एडिलेड- साउथ अस्ट्रेलियाको मुख्य शहर एडिलेडको उत्तरी सवर्वमा १३ सय नयाँ घरहरू बन्ने भएको छ । एडिलेड मुख्य व्यापारिक केन्द्रबाट ६५ किलोमिटर उत्तरको डव्लिनमा ७० हेक्टर क्षेत्रफलमा सरकाले १३ सय घरहरू निर्माण गर्ने लक्ष लिएको छ । उक्त घरहरू आगामी आठ बर्षमा बनिसक्ने दक्षिण अस्ट्रेलियाको राज्य सरकारले बताएको छ ।
उक्त घरहरू बनिसकेपछी दक्षिण अस्ट्रेलियामा बढिरहेको बासस्थानको संकट केही मत्थर हुने विश्वास गरिएको छ ।
Leave a Reply