बुमरेङ्ग कन्सल्टेन्सी दामासाहीमा ! आशिष बाग्लेले अस्ट्रेलियामा कर तिरेनन?

३ नोभेम्बर २०२६, एडिलेड- गैर आवासीय नेपाली संघ दक्षिण अस्ट्रेलिया नेपाल फेस्टिवलको तयारीमा ब्यस्त छ । दक्षिण अस्ट्रेलियाको नेपाल फेस्टिवलको प्रचार सामाग्रीमा शुरुवातदेखी नै देखिने गरेको ‘बुमरेङ्ग कन्सलटेन्सी’ को लोगो यसपाली नदेखिने सम्भावना प्रवल छ । किनभने दक्षिण अस्ट्रेलियाको नेपाल फेस्टिवललाई शुरुवातिकालदेखीनै सहयोग गर्दै आएको,’बुमरेङ कन्सलटेन्सी’ दामाशाहीमा परेको अस्ट्रेलियन समाचारपत्रले लेखेका छन । प्रायजसो टाइटल स्पोन्सर, नभएपनि स्पोन्सरका रुपमा ‘बुमरेङ्ग’ ले नेपाल फेस्टिबललाई प्रयोजन गर्ने गरेको थियो ।

अस्ट्रेलियन समाचारपत्रहरुले ‘बुमरेङ्ग इन्टरनेशनल एजुकेशन सर्भिसेस’ को नामबाट कारोवार गरिरहेको, आषिश वाग्लेको नाममा रहेको ‘वाग्ले इन्टरप्राइजेज’ लाई एडिलेडमा रहेको ‘संघीय अदालत’ले सम्पत्तिहरु बेचबिखन गरि ऋणीहरुको ऋण तिरी खारेज गर्न सेप्टेम्बर २०२६ मै आदेश दिएको लेखेका छन । समाचारपत्रहरुका अनुसार ‘वाग्ले इन्टरप्राइजेज’ले अस्ट्रेलियन सरकारलाई तिर्नुपर्ने करको रकममात्र ७ लाख १५ हजार अस्ट्रेलियन डलर र अरु साहुहरुलाई चार लाख अस्ट्रेलिय डलर (जम्मा नेपालीमा करिब ११ करोड रुपयाँ) तिर्न बाँकी रहेको बताएका छन ।

यसबारेमा आषिश वाग्लेलाई उनको मोबाईल नम्बरमा सम्पर्क गर्न प्रयास गर्दा सम्पर्क हुन सकेन । उनका निकट रहेका व्याक्तिहरुबाट जानकारी लिन खोज्दा बिगत एक बर्षभन्दा बढी समयदेखी उनी सम्पर्कमा नरहेको नेपाल अस्ट्रेलिया समाचारलाई बताए ।

अस्ट्रेलियाको दर्ता रहेका व्यावसायहरुको विवरण राख्ने निकाय ‘एडिक’को वेभसाईटमा ‘वाग्ले इन्टरप्राइजेज’ लाई ‘लिक्विडेशनमा’ भनि देखाएको छ ।

Leave a Reply