तास्मानियामा पासपोर्ट शिविर, लन्चेस्टन र होबार्टमा दुतावास आउने
१२ जनवरी २०२५, होबार्ट- नेपालीहरुको बाहुल्य रहेको अस्ट्रेलियाको तास्मानियामा नेपाली दुतावसले पासपोर्ट शिविर पठाउने भएको छ । दुतावासका अनुसार तास्मानियामा मंगलबार, १४ जनवरी देखी शनिबार, १८ जनवरीसम्म राहधानी शिविर सञ्चालन हुनेछ । १४ र १५ जनवरीमा तास्मानियाको लन्चेस्टन र १६-१८ मा होबार्टमा सञ्चालन हुने बुझिएको छ ।
नेपाली सेवाग्राहीहरुले अनलाईनबाट फारम भरेपनि क्षेत्रगत रुपमा बायोमेट्रिकको सुविधा नहुँदा बायोमेट्रिकका लागी क्यानबेरा नै पुग्नुपर्ने बाध्यता रहेको छ । त्यसलाई मध्यनजर गर्दै नेपाली दुतावासले समय समयमा बिभिन्न राज्यहरुमा सेवाग्राहीको सुविधाका लागी घुम्ति शिविर पठाउने गरेको छ ।
नेपालबाट अधिकांस मानिसहरु अस्ट्रेलियामा विद्यार्थी भिषामा आउने गरेको र राहधानी नबिकरण गर्न क्यानवेरा नै पुग्नुपर्ने बाध्यताका कारण निकै शास्ति झेल्दै आइरहेका छन । क्यानवेरा स्थित दुतावासको फोन कहिल्यै सम्पर्क हुन नसक्ने समेत सेवाग्राहीको गुनासो रहने गरेको छ ।
Leave a Reply