क्याथे प्यासिफिकमा नेपालबाट हङकङ आएका ३६ यात्रु बिरामी, अनुसन्धान गरिदै

१२ जनवरी २०२५, काठमाडौं- काठमाडौंबाट हङकङ आएका क्याथे प्यासिफिकका २ वटा जहाज यात्रु बिरामी भएपछी हङकङको सर्वसाधारणको स्वास्थ्यसेवा नियमन गर्ने निकाय The Center for Health Protection ले अनुसन्धान अगाडी बढाएको छ ।

गत बुधबार काठमाडौंबाट हङकङ आएको जहाजमा सवार १६ जनाले जहाजमा दिइएको खाना खाएपछी आफूहरू बिरामी परेको भन्दै उजुरी गरेका थिए । उक्त १६ मध्ये ९ जना एकै समुहका भएको र उड्नुअघि एउटा क्याफेबाट सबैले स्यान्डविच खाएको बताएपछी जहाज व्यवस्थापनले उक्त पसलको खानाका कारण यात्रुहरू बिरामी परेको वताउदै आफ्नो बचाउ गर्दै आएको थियो ।

पुन बिहीबार काठमाडौंबाट हङकङ आएको जहाजमा सवार २० जनाले पनि जहाजमा दिइएको खाना खाएपछी आफूहरू बिरामी परेको भन्दै उजुरी गरेका दिएपछी भने जहाजको खानाको नमुना लिएर परिक्षण शुरु गरिएको छ । आठ वटा फरक परिवारका ती मानिसहरूने जहाजमा दिईएको भन्दा अलग समान खानेकुरा खाएका थिएनन भने पहिलो घटनाका बाँकि ७ जनाले समेत एकै पसलबाट खानेकुरा नखाएको पाईएको छ ।

उक्त जहाजमा यात्रा गर्ने अन्य यात्रु लाई हटलाईन नम्बर 2125 2372 सम्पर्क गर्न भनिएको छ ।

Leave a Reply