विश्वका १० मंहङ्गा शहरमा दक्षिण अस्ट्रेलियाको एडिलेड

मिलन दाहाल

५ जनवरी २०२५, एडिलेड- सन् २०२१ मा विश्वकै सबैभन्दा बस्नलायक शहरका रूपमा नाम लेखाउन सफल साउथ अस्ट्रेलियको राजधानी, एडिलेड सन् २०२५ मा घरजग्गाको मूल्य का हिसाबले विश्वको सबैभन्दा महङ्गो शहरहरूको सूचीमा आठौं नम्बरमा परेको छ ।

सन् २०२४ मा जारी भएको डेमोग्राफिया इन्टरनेशनल हाउसिंग अफोर्डेबिलिटी रिपोर्टले एडिलेडलाई विश्वका सबैभन्दा महँगो शहरहरूको सूचीमा समावेश गरेको हो ।

अस्ट्रेलियाकै मुख्य दुई शहरहरू सिड्नी र मेल्वर्न उक्त सूचीको दोस्रो र सातौं नम्बरमा छन भने ब्रिसबेन र पर्थ क्रमश: बाह्रौं र पन्ध्रौं स्थानमा छन ।

‘मेडियन मल्टिपल’ प्रद्दति बाट नागरिक हरूको घरजग्गा किन्न सक्ने क्षमताको मापन गरिएको थियो । ‘मेडियन मल्टिपल’ प्रद्दति अनुसार  घरको औसत मूल्यलाई शहरको घरपरिवारको औसत आयसँग तुलना गरि नागरिकको घर-जग्गा किन्न सक्ने  क्षमताको मापन गरिन्छ । यो प्रणालीको प्रयोग गरि दशकौं देखी ‘डेमोग्राफिया इन्टरनेशनल हाउजिङ अफोर्डेबिलिटी’ले नागरिकको घर जग्गा किन्न सक्ने क्षमताको मापन तथा अभिलेखन गर्ने गरेको छ ।

सूचीको पहिलो, तेस्रो, चौथो र पाचौं नम्बरमा चीनको हङकङ, क्यानडाको भ्याङ्कोभर, यू एसएको सन जोस् र यू एसएकै लस एन्जलस रहेका छन । यसैगरि, छैटौँमा यू एसएको हनलुलु , नवौं मा यूएसएकै सान डिएगो र दशौंमा क्यानडाको टोरन्टो रहेका छन ।

Leave a Reply