क्यानडाले यस बर्ष अभिभावकहरूको भिसा आवेदन नलिने

५ जनवरी, २०२५ (सम्वाददाता) –  सन् २०२५ मा क्यानडाले अभिभावक भिसा कार्यक्रम अन्तर्गत स्थायी बसोबासका लागि नयाँ आवेदनहरू स्वीकार नगर्ने भएको छ ।  क्यानडाको आप्रवासन, शरणार्थी र नागरिकता हेर्ने निकाय (IRCC) ले अभिभावक कार्यक्रम अन्तर्गत अघिल्लो बर्ष अर्थात सन् २०२४ मा पेश गरिएका पारिवारिक आवेदनहरूमा मात्र कारबाही प्रक्रिया अगाडि बढाउने बताएको छ ।

यदि क्यानाडाली नागरिकहरू र स्थायी बासिन्दाहरूले उक्त अवधीमा आफ्ना आमाबाबु र हजुरबा- हजुरआमा क्यानाडामा सुपर भिसा अन्तर्गत ल्याउन सक्नेछन । क्यानडाले सुपर भिसा कार्यक्रम अन्तर्गत पाँच वर्षसम्मको भ्रमणहरूलाई अनुमति दिने गरेको छ ।

अभिभावक भिसा कार्यक्रम अन्तर्गत क्यानाडाका नागरिकहरू तथा स्थायी बासिन्दाहरूले क्यानाडामा स्थायी बसोबासको लागि आफ्ना आमाबाबु वा हजुरबा हजुरआमालाई प्रायोजित गरि ल्याउन सक्ने प्रावधान छ ।

Leave a Reply