एडिलेडमा माघे सङ्क्रान्ति
५ जनवरी २०२५, एडिलेड- दक्षिण अस्ट्रेलियामा रहेको मगर समाजले एडिलेडमा माघेसंक्रान्तिको अवसरमा कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम आगामी जनवरी १४ मा उडभिलमा अवस्थित उडभिल टाउन हलमा अपह्रान्न ४ बजेदेखी ९ बजेसम्म हुन लागेको बताईएको छ ।
कार्यक्रममा प्रवेश निःशुल्क रहेको छ भने निःशुल्क खानाको समेत व्यवस्था रहेको छ ।
कार्यक्रममा कौराह, सांस्कृतिक प्रस्तुतिहरू बाहेक पनि निकै धेरै कार्यक्रमहरू रहेको कार्यक्रम संयोजन गरिरहेका युवराज मगरले बताए ।
मगर समाज साउथ अस्ट्रेलियामा सन २०१८ मा गठन भएको थियो। गठन पश्चाताप समाजले दक्षिण अस्ट्रेलियामा बिभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ ।
Leave a Reply