अस्ट्रेलिया आईपुग्यो चीनबाट शङ्कास्पद नंया संक्रमण?
मिलन दाहाल
५ जनवरी २०२५, भिक्टोरिया- शुक्रबार विश्वभरका सञ्चार माध्यम हरूले चिनिया अस्पतालहरू बाहिर मास्क लगाएका चिनियाँ नागरिकहरू कोभिडका शुरूवाति दिनहरूको झल्को दिनेगरि खचाखच भरिएको फोटो तथा भिडियो सामाजिक सञ्जालहरूमा आएपछी फेरी त्यस्तै भाइरस फैलन लागेको त होइन भन्ने आशङ्का व्यक्त गरेका थिए
आइतबार अस्ट्रेलियाको भिक्टोरिया राज्यले उक्त संक्रमण अस्ट्रेलिया भित्रिसकेको पुष्टि गर्दै भिक्टोरियन स्वास्थ्य विभागले सतर्कता जारी गरेको छ ।
धमाधम सङ्क्रमणका बिरामीहरू भेटिन थालेपछी भिक्टोरियाका दक्षिण-पुर्वी क्षेत्रहरूको सात स्थानहरूलाई ‘एक्सपोजर साइट’ घोषित गरिएको छ ।
भिक्टोरियाका कार्यवाहक मुख्य स्वास्थ्य अधिकारी डा एभलिन वोङ्गले शनिबार सबैभन्दा भर्खरको केस डिसेम्बरको अन्त्यमा समुदायमा सक्रिय भएको बताए ।
संक्रमित व्यक्तिले मेलबर्नको CBD बाट ४३ किलोमिटर दक्षिण-पूर्वमा रहेको क्रानबोर्न क्षेत्रका धेरै सार्वजनिक स्थानहरूमा संक्रामित अवस्थामा उपस्थित भएको पाईएको छ ।
२७ डिसेम्बर मा साँझ ७:२० बजे देखी ८:२० बजेको बीचमा बनिंग्स क्रानबोर्न वा २८ डिसेम्बर मा बिहान ११:३० बजेदेखी १२:४० बजेको समयमा क्र्यानबोर्न उत्तरको केमिस्ट वेयरहाउसको भ्रमण गर्ने जो कोहीलाई पनि लक्षणहरूको निगरानी गर्न आग्रह गरिएको छ।
Leave a Reply