एनआरएनए साउथ अष्ट्रेलियामा खस्यो ८२ प्रतिशत मत

६ जुलाई २०१९, एडिलेड- गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाको शनिवार भएको निर्वाचनमा ८२ प्रतिशत मत खसेको छ । कुल १ हजार ६६ मतदाता रहेको साउथ अष्ट्रेलियामा (एनआरएनए अष्ट्रेलियाले उपलब्ध गराएको जानकारी अनुसार) ८ सय ७४ जनाले मतदान गरेका थिए । 

निर्वाचन सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको साउथ अष्ट्रेलियाको निर्वाचन आयुक्त गणेश प्रसाद पराजुलीले जानकारी दिए । निर्वाचन बिहान ८:३० बजेदेखी अपह्रान्न ५ बजेसम्म चलेको थियो । अपह्रान्न ५ बजेसम्म मतदानका लागी मतदानस्थलमा आइपुग्नेहरुलाई मतदान गर्न सक्ने व्यवस्था गरिएको थियो । 

एनआरएनए साउथ अष्ट्रेलियाको संयोजक पदका लागी नबिन पन्त र रेनुका लामाबिच निकै कडा प्रतिस्पर्धा भएको निर्वाचनमा परिणाम अनुमान गर्न निकै कठिन भएको निर्वाचनलाई नजिकबाट नियालिरहेकाहरु बताउथें । निर्वाचनको परिणाम केही घण्टामा आउने एनआरएनए अष्ट्रेलियाले बताएको छ । 

Leave a Reply