एनआरएनए अष्ट्रेलिया निर्वाचन: ‘भौतिक Vs भर्चुवल अफिस’

४ जुलाई २०१९, अष्ट्रेलिया- गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको ६ जुलाईमा हुने आगामी निर्वाचनमा मुख्यगरि ‘भौतिक’ कि ‘भर्चुवल’ अफिस भन्ने एजेण्डाका बिच भिडन्त हुने देखिएको छ । प्रजातान्त्रिक बाट केशव कंडेल र नन्द गुरुङले एकाएक उम्मेद्वारी घोषणा गरेपछी प्रगतिशिलहरुको समर्थन पाएका दिनेश पोखरेलको जित शुनिश्चितजस्तै देखिएको अवस्था रहेको भएपनि प्रजातान्त्रिक तर्फकै दोस्रा उम्मेद्वार नन्द गुरुङले उम्मेद्वारी फिर्ता लिएर केशव कंडेललाई सहयोग गर्ने घोषणा गरेको वर्तमान अवस्थामा प्रजातान्त्रिक तर्फका एक्ला उम्मेद्वार केशव कंडेल र प्रगतिशिलहरुले समर्थन गरेको ‘समावेसी’ समुहको प्रतिनिधित्व गरिरहेका दिनेश पोखरेल बिच कडा प्रतिस्पर्धा हुने भएको हो ।

‘हिमाल, पहाड तराइ- कोही छैन पराइ’ भन्ने नारा लिएर ‘समावेसी’ समुहको नेतृत्व गरिरहेका दिनेश पोखरेलले सन २००३ देखी झोलामा रहेको एनआरएनए अष्ट्रेलिया लगभग १२ हजार सदस्यसहित विश्वको सबैभन्दा ठूलो एनआरएनए भैसकेको अवस्थामा झोलामा अटाइरहन सक्दैन, यसलाई अब भौतिक कार्यलयको आवश्यकता परिसक्यो भन्ने तर्क आघि सार्दै आफुले जितेको खण्डमा तीन महिनाभित्र एनआरएनए अष्ट्रेलियाको अफिस स्थापना गर्ने दाबी गरिरहेका छन । पोखरेलले धेरैले विशेष महत्वका साथ हेरेको सबै राज्यमा कम्युनिटि भवनको लागी पहल गर्ने एजेण्डा अधि सारेका छन् । यसका अतिरिक्त सनका एजेण्डामा हरेक ३ महिनामा संस्थाको हिसाबकिताब सदस्यलाई इमेलमार्फत उपलब्ध गराउने, युवा महोत्सवको आयोजना, सामाजिक कल्याणकारी कोषलाई १० लाख डलर बनाउने, अन्तराष्ट्रिय नेपाली विद्यार्थीलाई संस्थामा आकर्षित गर्ने उपायहरु खोज्ने, अन्य संघसस्थाहरुसँग सहकार्य गर्दै प्रवासमा नेपाली कला-संस्कृति, भाषा र साहित्यको संरक्षण गर्ने लगायतका मुद्दा अगाडी सारेका छन् । 

उता ‘बृहत प्रतिनिधित्वका आधारमा परिवर्तन’ गर्नुपर्छ भन्ने नारा बोकेर चुनाबमा होमिएका केशब कंडेको दृष्टिकोण भने फरक छ । उनले एनआरएनए सुचना प्रविधि मैतृ हुँदै अगाडी बढ्नुपर्छ भन्ने गरेका छन । भौतिक कार्यालय नभएर ‘भर्चुवल’ कार्यालयको व्यवस्था गरि कर्मचारीको सुनिश्चितता गरिनुपर्ने उनको धारणा रहेको छ । यसका साथै उनको एनआरएनएमा ब्याप्त ‘खदा र कार्यक्रममा आफ्नै पदाधिकारीको सम्मान गर्ने सस्कृति’ लाई समाप्त पार्ने एजेण्डा विशेषरुपले चर्चित छ । उनले एनआरएनएको च्यारिटि कार्यक्रमहरु केन्द्रित ‘एनआएरएनए फाउण्डेशन’ को स्थापना गर्ने मुद्दा समेत अधि सारेका छन । साथै हरेक राज्यमा  एनआरएनएका सदस्यहरुले तिर्ने सदस्यता शुल्कबाट १ डलर  छुट्याएर ‘कम्युनिटि भवन’ बनाउनसकिनेलगायताका मुद्दा उनका रहेका छन । 

‘समाबेसी’ समुहको नेतृत्व गरेका पोखरेलको समुहमा महासचिब सन्तोष दाहाल, सचिब उषाकिरण वारिया पोखरेल, कोषाध्यक्ष कपिल पाण्डे, युवा संयोजक बिनोद पौडेल रहेका छन भने अन्तराष्ट्रिय समन्वय समिति सदस्यहरूमा चोलाकान्त भुसाल, शमिम अन्वर, राजु मानन्धन, शम्भु कँडेल, निराजन गौली र अशोक केसी रहेका छन । 

‘रुपान्तरण’ को नारा बोकेका केशव कडेंलको समुहको महासचिव डा. ज्ञानेन्द्र रेग्मी, सचिव परेस घिमिरे, कोषाध्यक्ष अनिल पोखरेल (सीपीए) र युवा संयोजकमा इर्शौद अहमद रहेका छन । उनको समुहबाट अन्तराष्ट्रिय समन्वय समिति सदस्यहरूमा छवि सापकोटा, अरुण कुमार ठाकुर , दिपक शर्मा,  राजु अधिकारी,  सूर्य आचार्य, सन्तोष कुँवर र नारायण काफ्ले उम्मेदवार रहने बताइएको छ । 

पोखरेलको समुहबाट न्यु साउथ वेल्समा देव गुरुङले, साउथ अष्ट्रेलियाबाट रेनुका लामाले, क्विन्सल्याण्डमा धिरेन्द्र थापाले, भिक्टोरियामा महेन्द्र कार्कीले र वेस्टर्न अष्ट्रेलियामा कृष्णमान श्रेष्ठले नेतृत्व गर्ने बुझिएको छ भने  कँडेल समुहबाट न्यु साउथ वेल्स डिला खरेलले, साउथ अष्ट्रेलिया नविन पन्तले, क्विन्सल्याण्ड उमेश खड्काले, भिक्टोरिया प्रेम कँडेलले र अस्ट्रेलियन क्यापिटल टेरिटरी  चुडामनी सापकोटाले नेतृत्व गर्दैछन  ।

नन्द गुरुङले राजिनामा दिइ केशव कंडेललाई समर्थन गरेपनि उनका समुहका केही  सदस्यहरुले भने निर्वाचनमा जाने घोषणा गरेका छन । 

Leave a Reply