नर्दन टेरीटरी मा खस्यो ९० प्रतिशत, कुन राज्यमा कति खस्यो?

६ जुलाई २०१९, सिड्नी- शनिवार सम्पन्न गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी कार्यकालका लागी भएको निर्वाचनमा नर्दन टेरिटरीमा सबैभन्दा बढी ९०.६५ प्रतिशत मत खसेको छ । कुल ५२४ मतदाता रहेको न्यु तास्मानियामा ४७५ जनाले मतदान गरेको एनआरएनए अष्ट्रेलियाले बताएको छ । यसैगरी अष्ट्रेलियन क्यापिटल टेरिटरी धेरै मत खस्ने दोस्रो टेरीटरी बनेको छ । अष्ट्रेलियन क्यापिटल टेरिटरी ८२.०६ प्रतिशत मत खसेको छ । 

तेस्रोमा ८२ प्रतिशत मत खसेको साउथ अष्ट्रेलिया रहेको छ भने ८१.८२ मत खसेको अनुपातसँगै चौथोमा तास्मानिया रहेको छ । यसैगरी ७७.७८, ७३.७३, र ६५.४३  प्रतिशत मतदानसँग क्रमश क्वुइन्सल्याण्ड, वेस्टर्न अष्ट्रेलिया, र न्यु साउथ वेल्स  पाचौं, छैटौं र सातौं राज्य बनेका छन ।  भिक्टोरीयामा सबैभन्दा कम मत खसेको छ । भिक्टोरीयाको अनुपात ६३.८९ प्रतिशत रहेको छ । 

Leave a Reply