साउथ अष्ट्रेलियामा बिहान ८ देखी ५ बजेसम्म भोट, के के लैजानु पर्छ भोट हाल्न जाँदा?
२ जुलाई २०१९, एडिलेड- गैर आवासीय नेपाली संघको निर्वाचन साउथ अष्ट्रेलियामा ६ जुलाईका दिन बिहान ८ बजेदेखी साँझ ५ बजेसम्म फुलार्टन कम्युनिटि सेन्टरमा हुने साउथ अष्ट्रेलियामा निर्वाचन गराउन गठित निर्वाचन समितिले बताएको छ । अनलाईन एडिलेडसँग कुराकानी गर्दै साउथ अष्ट्रेलियाका लागी निर्वाचन आयुक्त गणेश पराजुलीले बिहानको र अपह्रान्नको दुबै सिफ्ट वर्क गर्नेहरुलाई मध्यनजर गर्दै बिहानदेखी बेलुकीसम्मको समय तय गरिएको जानकारी दिए ।
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिले एनआरएनए विश्वभरको मतदान गर्न जाने मतदाताहरुको परिचयात्मक कागजातमा एकरुपता ल्याउने निर्णसमेत गरेको छ । समितिका अनुसार मतदाताले संघको निर्वाचनमा मतदान गर्न जाँदा देहायका कागजात लिएर जानुपर्ने व्यवस्था गरेको छ ।
१. मेडिकेयर कार्ड र ड्राइभर लाइसेन्स वा एज्ड कार्ड वा
२. अष्ट्रेलियन पासपोर्ट वा
३. भिषा ग्रान्ट लेटर र पासपोर्ट वा ड्राइभर लाइसेन्स वा एज्ड कार्ड
यसका साथै संघले मतदान गर्न जाँदा मोबाईल फोन समेत लिएर जान अनिवार्य गरेको छ ।
Leave a Reply