एनआरएनए निर्वाचनमा मोबाइल बिना भोट हाल्न नपाइने

२ जुलाई २०१९, एडिलेड- गैर आवासीय नेपाली संघको ६ जुलाईमा हुने निर्वाचनमा संघले बिना मोबाईल भोट हाल्न नपाईने व्यवस्था गरेको छ । संघले आफ्नो आगामी कार्यकालको निर्वाचन गराउन गठन गरेको निर्वाचन समितिले संघका सदस्य, सम्बन्धित संघ-संस्था र समग्र समुदायको सुझावका आधारमा यस्तो व्यवस्था गरिएको बताएको छ । 

निर्वाचनमा मोबाईल फोन आनिवार्य गरिदा एकजनाले एकपल्टमात्र भोट हाल्न सक्ने र कसैले अन्य मतदाताको भोट हाल्न नसक्ने निर्वाचन आयोगको बुझाइ छ । यसले आम प्रवासी समुदायमा संघप्रति सकारात्मक सन्देश जानेपनि संघको ठम्याई छ । 

प्राप्त सुझावका आधारमा सदस्यता लिइसकेपछी कसैको मोबाइल नम्बर परिवर्तन भएको भए उक्त नम्बर परिवर्तन गर्नका लागी जुलाई ३ को साँझ ५ बजेसम्म इमेल पठाइ मोबाइल नम्बर परिवर्तन गर्न सकिने छ । आफ्नो पुरा नाम, सदस्यता नम्बर, पुरानो नम्बर र परिवर्तन गर्न चाहेको नम्बर updateyourmobile@nrn.org.au मा इमेल गरि मतदाताले आफ्नो मोबाईल नम्बर परिवर्तन गर्न सक्ने प्रमुख निर्वाचन आयुक्त मन केसीले बताएका छन । 

 

Leave a Reply