सरोज पाण्डेलाई केशव कंडेकका समर्थकले धम्क्याउदै उम्मेद्वारी फिर्ता लिन भनेपछी
२१ जुन २०१९, सिड्नी- गैर आवासीय नेपाली संघमा नेपाली राजनिति हावी हुदै गर्दा नेपालकै शैलीका राजनितिपनि हुन थालेको छ । कांग्रेस समर्थकहरुको अर्को खेमा नन्द गुरुङको समुहबाट एनआरएनए अष्ट्रेलिया सचिवमा उम्मेद्वारी दिएका सरोज पाण्डे केशव कडेल समर्थकले आफुलाई धम्क्याउदै उम्मेद्वारी फिर्ता दिन दवाव दिएको फेसबुक स्टाटस राखेपछी एनआरएनए राजनिति एकाएक तातेको छ ।
केहीले उनको पोष्टमा कमेन्ट गर्दै निर्वाचन आयोगमा उजुरी दिन भनेका छन भने पत्रकार सुरेश रेग्मीले पाण्डेको स्टाटस सेयर गर्दै यस्तो हत्कण्ठाले कसैको भलाई नहुने र धम्क्याउनेलाई अष्ट्रेलियन कानुन लाग्ने भन्दै पाण्डेलाई कुनै हालतमा उम्मेद्वारी फिर्ता नलिन भनेका छन ।
एनआरएनए र निर्वाचन आयोगले हालसम्म कुनै प्रतिक्रिया दिएका छैन ।
Leave a Reply