३० जुनमा ‘प्रि पोल मिटिङ’, सरोकारवालाहरुलाई उपस्थित हुन आग्रह

२१ जुन २०१९, एडिलेड- गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन नजिकिएसँगै उम्मेद्वारहरुलाई मतदाता आफ्नो पक्षमा पार्न भ्याइनभ्याइ छ भने निर्वाचन आयोगलाई मतदाता बढेको र सिमित स्रोत र साधन रहेको अवस्थामा समयमै मतदान गराउने चटारो छ । 

यसैबिच साउथ अष्ट्रेलियाको एनआरएनएको निर्वाचन गराउन गठित निर्वाचन समितिले आगामी ३० जुन आइतवारका दिन अपह्रान्न ४ बजेदेखी ६ बजेसम्म ‘प्रि पोल मिटिङ’ को आव्ह्वान गरेको छ । मिटिङ फुलार्टन कम्युनिटि हलमा हुने बताइएको छ ।   साउथ अष्ट्रेलियका निर्वाचन आयुक्त गणेश पराजुलीले ‘प्रि पोल मिटिङ’ मा निर्वाचन सम्बन्धी हालसम्म भएका प्रगतिहरु, निर्वाचनको प्रक्रिया साथै मतदानका लागी कम्युटरहरु रहने स्थानलगायत विविध जानकारी गराइने जानकारी दिए । पराजुलीले साउथ अष्ट्रेलियाका संघसस्थाप्रमुख तथा अगुवाहरुलाई ‘प्रि-पोल मिटिङ’ मा उपस्थिति हुन आग्रहसमेत गरेका छन । 

हालको अवस्थामा एनआरएनएको निर्वाचन आयुक्त भएर निर्वाचन गराउनु कत्तिको चुनौतिपुर्ण छ भन्ने प्रश्नको जवाफमा विभिन्न कारणहरुले गर्दा निर्वाचन गराउने काम चुनौतिपुर्ण रहेको भएपनि निर्वाचन समिति तोकिएकै मितिमा निर्वाचन गराउन लागि परेको प्रतिकृया दिए । 

गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले आफनो आगामी कार्यकालका लागी जुलाई ६ मा छ वटै राज्य र २ वटा टेरीटरीमा निर्वाचन गराउदैछ । 

Leave a Reply