एनआरएनए अष्ट्रेलियाको सदस्य संख्या सार्वजनिक, तोकिएकै मितिमा निर्वाचन गर्ने प्रतिवद्धता
गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले आफ्नो २०१९-२१ को सदस्य संख्या सार्वजनिक गरेको छ ।
आगामी कार्यकालका लागी निर्वाचन हुन एक महिनाभन्दा कम समय बाँकी हुँदा एनआरएनए अष्ट्रेलियाले आफ्ना सदस्य संख्या सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको विवरण अनुसार कार्यकाल २०१९-२१ मा संघको कुल सदस्य संख्या ११ हजार ८१३ रहेको छ । एक सय ७७ जनाको सदस्यता अझै प्रमाणित भै नसकेको संघले बताएको छ । धेरै विद्यार्थीहरु पनि यसबर्ष संघसंग आवद्ध हुने अनुमान गरिएको मा ६० जना विद्यार्थीले मात्र विद्यार्थी सदस्यता लिएका छन । सदस्यता लिएपनि विद्यार्थी सदस्यहरूले मतदान गर्न पाउनेछैनन ।
४६१४ प्रमाणित सदस्य, १०८ जना प्रमाणित हुन बाँकी र २८ जना एसोसिएट सदस्य सहित बढी सदस्यता हुने राज्यमा यसपाली पनि न्यु साउथ वेल्स रहेको छ ।
यसैगरी १९९९ जना प्रमाणित सदस्य, १२ जनाको प्रमाणित हुन बाँकी र ५ जना एसोसिएट सदस्य सहित भिक्टोरिया दोस्रो ठूलो राज्य बनेको छ ।
१४३२ (प्रमाणीत) सदस्य रहेको क्विनस्ल्याड, १०६६ (प्रमाणीत) सदस्य रहेको साउथ अष्ट्रेलिया, १००७ (प्रमाणीत) सदस्य रहेको वेष्टर्न अष्ट्रेलिया र ७२३ (प्रमाणीत) सदस्य रहेको अष्ट्रेलियन क्यापिटल टेरीटरी सदस्य संख्याका आधारमा क्रमश तेस्रो, चौथो, पाँचौ र छैटौं ठुला राज्य बनेका छन ।
नर्दन टेरिटरी र तास्मानियामा भने ५२८ र २०८ सदस्य रहेका छन ।
सदस्यताबारे कुनै असन्तुष्टि भए ९ जुनसम्म उजुरी गर्न समय सीमा तोकिएको छ ।
सघंले तोकिएकै समय अर्थात ६ जुलाईमा नै आफ्नो निर्वाचनमा सम्पन्न गर्ने प्रतिवद्धता संघका अध्यक्ष टोनु घोतानेले गरेका छन ।
Leave a Reply