एनआरएनए अष्ट्रेलिया अध्यक्षको सनसनिपुर्ण खुलासा, १० प्रतिशतमात्र बैधानिक सदस्य?
३ जुन २०१९, मेलवर्न- गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन नजिकिदै गर्दा उम्मेद्वार तथा तिनलाई समर्थन गर्ने समुहहरु सक्रिय भैंरहदा गैर आावासीय नेपाली संघका अध्यक्षले भने सनसनिपुर्ण खुलासा गरेका छन ।
एनआरएनए अष्ट्रेलियामा अन्तिम केही सातामा अकल्पनिय रुपमा सदस्यदा बढेपछी धेरैले सदस्यता अबैधानिक रहेको धारणा सामाजिक सञ्जालहरुमार्फत राख्दै आएका थिए ।
एनआरएनए अष्ट्रेलियाको सदस्यता विषयमा सर्वसाधारणमा चरम असन्तुष्टि देखिएपछी संघको कार्यसमिति बैठकमा यस बिषयको उठान गरिएको थियो । एक व्यक्तिले अन्यको सदस्यता तिर्न नमिल्ने भनेर मौखिक रुपमा भनिएको भएपनि स्पस्ट लिखित दस्तावेज नभेटिएपछी कार्यसमितिको बैठकमा यस विषयमा मत बाझाबाझको अवस्था आएको बुझिएको छ । लिखित दस्ताबेजको अभावमा यस बिषय एनआरएनएका पदाधिकारीहरु मौन बस्ने निति लिएपछी एनआरएनए अष्ट्रेलियामा वैधानिक रुपमा नै अवैधानिकता भित्रिएको महशुस धेरैले गरेका छन ।
बैठकमा केहीले २० जनासम्मको सदस्यता शुल्कलाई मान्यता दिने अवधारणा अधि सारेको भएपनि बहुमतले सदस्यता शुल्क जस्ले जसरी तिरेपनि यसलाई मान्यता दिनुपर्ने अडान राखेपछी वर्तमान सदस्यता संख्यालाई मान्यता दिइने निर्णय भएको बुझिएको छ ।
यस विषयमा जिज्ञाशा राख्दा संघका अध्यक्ष टोनु घोतानेले ‘बहुमतको निर्णय’ भन्ने सटिक जवाफ दिएका थिए । पुन: जिज्ञाशामा घोतानेले विधानका अनुसार श्रीमानले श्रीमतिको सदस्यता शुल्क पनि तिर्न नमिल्ने र विधानको पुर्णपालना गर्दा १० प्रतिशत सदस्य मात्र वैधानिक हुने बताए ।
भर्खरै अष्ट्रेलियाको संघीय कानुनअनुसार दर्ता भएको एनआरएनए अष्ट्रेलियामा बहुमतका आधारमा निर्णय गरि गलत नजिर स्थापना गरिएको मा धेरैले चिन्ता व्यक्त गरेका छन । अष्ट्रेलियाको सदस्यता विवादलाई एनआरएनए अष्ट्रेलियाको कार्यसमितिले राम्रोसँग सम्वोधन गर्न नसक्दा एनआरएनएको अन्तराष्ट्रिय समन्वय समिति बैठकमा समेत उठ्नसक्ने अवस्था छ ।
Leave a Reply