एनआरएनए अमेरिकामा सुनिल कुमार शाह बिजयी, अरू ककस्ले जिते?

२१ मे २०१९, अमेरिका- एनआरएनए अमेरिकाको सन् २०१९–२१ को कार्यकालका लागि हिजो सम्पन्न मतदानको प्राप्त नतिजा अनुसार सुनिल कुमार साह विजयी भएका छन् । कुल खसेको ७ हजार ३ सय ५७ मतमा साहले ३ हजार ७ सय ११ मत प्राप्त गरी निकटतम प्रतिद्वन्दी सूर्य लम्साल र सन्जय थापालाई फराकिलो मतान्तरमा पछाडि पार्दै जित हासिल गरेका हुन् । अध्यक्षका प्रत्यासी सूर्य लम्सालले १हज़ार ७सय ९७ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार सन्जाय थापाले १हज़ार ५सय ५४ मत प्राप्त गरेका छन् ।

त्यस्तै कडा टक्कर हुने अनुमान गरिएको वरिष्ठ उपाध्यक्षमा डाक्टर अर्जुन बन्जाडेले झिनो मत अन्तरले जीत हासिल गरेका छन् ।
त्यस्तै त्रिपक्ष प्रतिस्पर्धा हुने अनुमान गरिएको महासचिवमा सियाटल निवासी पशुपति पाण्डेले नतिजा आफ्नो पक्षमा पारेका छन् ।
क्षेत्रीय उपाध्यक्षहरुमा बिआर लामा, कृष्ण जी वी पन्त, सर्वज्ञ वाग्ले र बुद्धि सुबेदी विजयी भएका छन् ।

सचिवमा अमृत कट्टेलले जितेका छन् । त्यस्तै कोषाध्यक्षमा नेत्र बन्धु पोखरेलले जित हासिल गरेका छन् । सहकोषाध्यक्षमा सन्तोष विष्टले जित हासिल गरेका छन् ।युवा संयोजकमा विनोद रुवालीले जित हासिल गरेका छन् भने महिला संयोजकमा दीक्षा बस्नेतले जित हासिल गरेकी छन् ।
त्यस्तै बोर्ड अफ डाईरेक्टरमा
चित्रा कार्की, धर्म विश्वकर्मा, दुर्गा श्रेष्ठ, छत्र के गुरुंग, खिमबिक्रम भट्टराई, अमर छन्त्याल, चेतप्रसाद पौडेल, जीवन कुमार जोशी, पदमबहादुर ठकुराठी, बासुदेव अधिकारी, तिलक बहादुर केसी, सत्यनारायण चौधरी विजयी भएका छन् ।
त्यस्तै आईसिसीमा जेदुनाथ पोखरेल, शिवराज पौडेल, तृष्णा शर्मा, शंकर खड्का, होमनाथ गौतम, स्वराज खातीले विजय हासिल गरेका छन् । अन्य च्याप्टर(state)हरुमा विजयी हुनेहरुको नाम तलको लिस्टमा हेर्न सक्नु हुनेछ ।
एनआरएनए अमेरिकाको यो निर्वाचन परिणामले जित्नका लागि मिलेर जानु पर्ने रहेछ, पहिला आफू र आफ्नो परिवारलाई मजबुत( self Development )हुँदै स्टेट, राष्ट्र हुँदै केन्द्रमा पुग्नु पर्ने रहेछ भन्ने पाठ हार्नेहरुलाई पनि सिकाएको देखिन्छ । बिगतमा भन्दा केही मात्रामा भए पनि सँस्थालाई विश्वास गर्ने आधार तय भएको छ ।सम्पूर्ण विजयी टिमलाई बधाई का साथै सफल कार्यकालको लागि शुभकामना । जय एनआरएन अमेरिका ।

तल हेर्नुहोस् को कसको कति मत आएछ –
।

Leave a Reply