एडिलेडमा जात्रै-जात्रा
२१ मे २०१९, एडिलेड- साउथ अष्ट्रेलियाको एडिलेडमा नेपाली चलचित्र जात्रै जात्राको २ वटा सो लाग्ने भएको छ । आगामी २५ मे शनिबार साँझ ६:३० बजे साल्सबरीको होयट्स र २६ मे आइतबार साँझ ७:०० बजे एडिलेडको मर्करी सिनेमा हलमा लाग्ने उक्त चलचित्र एडिलेड ल्याउने गिरिस इभेन्ट्स एन्ड इन्टरटेनमेन्टले बताएको छ ।
प्रदर्शनको सुरुवातदेखि नै स्वदेशमा राम्रो दर्शक पाउन सफल फिल्मको अष्ट्रेलियामा पनि राम्रो क्रेज देखिएको छ । फिल्मको अष्ट्रेलियामा धेरै सो हुने देखिएको छ । ‘अष्ट्रेलिया अहिलेसम्म धेरै शो भएको फिल्म ‘शत्रु गते’ हो । त्यसको १७ शो भएको थियो’ निर्देशक प्रदिपले भट्टराईले भने ‘जात्रै जात्रा’ को त दुई हस्तामै यो भन्दा बढी शो हुने देखिएको छ ।’
रिलिज भएको केही दिन पनि राम्रो दर्शक नपाएर फिल्म उत्रिएको वर्तमान समयमा ‘जात्रै जात्रा’ ले भने लामो समय चल्ने छनक देखिएको छ । दर्शक तथा समिक्षकबाट राम्रो प्रतिक्रिया पाउन सफल फिल्मले आइतबारसम्म दुई करोड ब्यवसाय गरेको निर्माण पक्षको दाबी रहेको छ ।
पहिले कहिलै नहेरेको र टिपिकल्ली नेपाली दर्शकका लागि उपयुक्त फिल्म भएकोले ‘जात्रै जात्रा’ ले दर्शक पाएको हुन सक्ने निर्देशक प्रदीपले अनुमान लगाए । ‘‘जात्रा’ ले युवापुस्ताका दर्शक मात्र पाएको थियो’ प्रदीपले थपे ‘जात्रै जात्रा’सबै प्रकारका दर्शक पाइरहेको छ ।’
Leave a Reply