एडिलेडमा नेपालबाट आएका अभिभावकलाई हृदयघात, सहयोगको याचना

२१ मे १०२९, एडिलेड- नेपालबाट परिवार भेट्न आएका एकजना अभिभावक हृदयघात भई अस्पताल भर्ना भएका छन । नातीको जन्मदिन मनाउन नेपालबाट केही समयअघि अष्ट्रेलिया आएका दुर्गा बहादुर रानालाई हृदयघात हुँदा उनी अस्पताल भर्ना भएका हुन । १६ मे मा स्ट्रोक हुँदा उनलाई रोयल एडिलेड अस्पताल लगिएको तर उक्त अस्पतालमा उक्त समय बेड नभएपछी फ्लिन्डर अस्पताल लगिएको उनका छोरा दिनेश रानाले बताएका छन् । 

रानालाई कमसेकम १ महिना अस्पतालमा र त्यसपछी केही समय पुनर्थापना केन्द्रमा राख्नुपर्ने हुँदा उनको उपचारमा कमसेकम पनि अष्ट्रेलियन डलर ८० हजारभन्दा बढी खर्च हुने बुझिएको छ । रानाको इन्सुरेन्स भएपनि धेरै  खर्च हुने यस्तो खाले अवस्थामा इन्सुरेन्सले खर्च ब्योहोर्दैन । 

केही समयदेखी एडिलेड बस्दै आएका दिनेश रानाले त्यत्रो खर्च धान्न आफु असमर्थ रहेको भन्दै नेपाली समुदायसँग सहयोगको याचना गरेका छन । रानालाई तल दिइएको गैर आवासीय नेपाली संघको खातामा रकम उपलब्ध गराएर सहयोग गर्न सकिने छ । 

Name: NRNA SA
BSB-032006
Acc num:562000

Leave a Reply