एडिलेडमा प्रहरीद्वारा गोली प्रहार
२५ मे २०१९, एडिलेड- शनिबार बिहान एडिलेडको वेष्टर्न सबहर्वमा प्रहरीले एकजनालाई गोली हानेको खबर छ । एडिलेडको वेष्टर्न सबहर्वमा पर्ने सिटनमा गोली प्रहार भएको हो । बिहान एक ब्यक्तिले आत्महत्याको प्रयास गरेपछी प्रहरी पुगेको बुझिएको छ । गोली प्रहारबाट घाइते भएका ति ब्यक्तिलाई रोयल एडिलेड अस्पताल लगिएको बताइएको छ । उनीमाथी प्रहरीले किन र कति राउण्ड गोली प्रहार गर्यो त्यो खुलाइएको छैन ।
Leave a Reply