युवा संयोजकमा शिव रिमाल र सचिवमा रामकृष्ण शर्माको उम्मेद्वारी

२३ अप्रिल २०१९, एडिलेड- गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको चुनाब नजिकिएसँगै उम्मेद्वारी घोषणा हुने क्रमामा युवा संयोजकका रुपमा शिव रिमालले उम्मेद्वारी घोषणा गरेसँगै संयोजकका प्रमुख तिनवटा पदहरुका उम्मेद्वारी घोषणा लगभग सकिएका छन । कुशल उद्घोषक शिव रिमालले मंगलबार बिहान उम्मेद्वारी घोषणा गरेका हुन । सामाजिक सञजाल फेसबुकमार्फत गरेको घोषणामा उनले गैर आवासीय नेपाली संघको युवा पुस्ता नै भएको बताएका छन । उनको घोषणाको पुर्णपाठ यस्तो रहेको छ-

“गैर आवासिय नेपाली संघ तथा यसको क्रियाशील तथा गतिशिल यात्रा एवं जिम्मेवारीको खॉवो पुस्ता युवा पुस्ता नै हो भन्नेमा दुई मत छैन। 

गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको युवा दस्ता लाई अझै समाजमा उर्जाशिल एवं नेपाली मौलिक संस्कृतिको प्रवर्तकका साथै सिपमुलक तथा सिर्जनशिल र उद्धमशिल मार्गमा युवाहरुलाई प्रेरित गर्ने मुख्य अभिप्रायका साथ, नेपाली विद्यार्थीहरुका भोगाईका गहीराईमा पुगेर सम्वोधन गर्न सक्ने एउटा क्रियाशील संस्कारको टड्कारो आवश्यकतालाई ह्रदयंगम गर्दै, विगत २ बर्ष देखी गैर आवासिय नेपाली संघ साउथ अष्ट्रेलियाको युवा सदस्यको रुपमा रहेर कार्य गरेको विशिष्ठ अनुभव तथा यहां स्थित विभिन्न संघ संस्थाका विविध कार्यहरुमा सहभागी भई कार्य सम्पादन गरेका अनुभव हरुको धरातलमा टेकेर,
म शिव शर्मा ( रिमाल) गैर आवासिय नेपाली संघ साउथ अष्ट्रेलियाको युवा संयोजक (State Youth Co-ordinator) को पदमा उमेदवारी घोषणा गर्दै यहाँहरु सम्पुर्णजनको सहयोगको निम्ति विनम्र अपिल 
गर्दछु।”

संयोजक पदको समाप्ति सँगै अन्य पदहरुका लागी पनि उम्मेद्वारी घोषणा हुने क्रम शुरु भएको छ । गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाको सचिब पदमा राम्कृष्ण शर्माले उम्मेद्वारी दिएका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत नै सार्बजनिक भएको उनको घोषणाको पुर्णपाठ यस्तो छ-

“संपुर्ण दक्षिण अष्ट्रेलियावासि नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार,

प्रवासमा नेपालीमैत्री समाज निर्माणका क्रममा सबै नेपालीहरुको साझा आवाजलाई अष्ट्रेलियाको बहुसाँस्कृतिक र बहुभाषिक समुदायमा प्रस्तुत र बिस्तार गर्ने कार्यमा गैरआवासिय नेपाली संघ का आजसम्मका प्रयास र सफलताहरुको विगतलाई संझिदै,

हरेक नेपालीहरुका दैनिकीहरुमा प्रत्यक्ष चासो र सरोकार राखि, उनिहरुका खुसीमा साथ र दुखमा आडभरोसा र सक्दो सहयोग गर्दै, नवआगन्तुक विद्यार्थीदेखि यहिको ब्यवस्थित जिवन अंगालिरहेका नेपालीहरु सबैको प्रतिनिधी संस्था बनि नेपाल र प्रवासको सेतुको रुपमा स्थापित संस्थामा कामगर्ने चाहनालाई यहाँहरु समक्ष प्रकट गर्दै,

एडिलेडमा सक्रिय रहेका केहि सामाजिक संस्थाहरुमा रहि यस समुदायमा हुने गरेका प्रायश: सामाजिक अभियानहरुमा आफुले लिएको अपनत्व एवं अनुभवहरुलाई एकत्रित र परिपक्व बनाई यसै समाजको मुलसंस्थाको रुपमा रहेको एनआरएनए मार्फत अझ बढि जिम्मेवार भई ठुलो कार्यक्षेत्रमा कामगर्ने ईच्छाशक्तिलाई कार्यान्वयनका लागि दृढसंकल्पित हुदै, 

एडिलेडको बढ्दो नेपाली समुदायलाई नेपालीपन, नेपाली मौलिकता र नेपाली कला, संस्कृति, रितीरिवाज, परम्परालाई यहा चिनाऊने र फैलाऊने अभियानको एक हिस्सालाई आउदा दिनहरुमा अझ ब्यापक र लोकप्रिय बनाऊन त्यसको निरन्तरताको मैदान बनाऊने अठोट सहित,

आफु संलग्न रहेका अरु सामाजिक संस्थाहरुको संलग्नतालाई आजका मितीबाट पुर्णविराम लगाऊदै, 

यहि April 30 तारिख सम्ममा सदस्यता लिनुभई संस्थाप्रतिको जिम्मेवारीबोधलाई प्रमाणित गर्नुहुनेछ भन्ने अनुरोधका साथ,

गैरआवासिय नेपाली संघ दक्षिण अष्ट्रेलियाको राज्यसमिती सचिव (STATE SECRETARY) को पदमा म रामकृष्ण शर्मा ( आरके शर्मा) आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै,
हजुरहरुसबैको साथ र सहयोग को अपेक्षा गर्दछु। 
धन्यवाद

रामकृष्ण (आरके) शर्मा।”

Leave a Reply