एनआरएनए अमेरीकामा १०३ पदमा उम्मेद्वारी नै परेन
२३ अप्रिल २०१९, अमेरीका- गैर आवासीय नेपाली संघको चुनावले अष्ट्रेलिया ताति रहँदा एनआरएनए अभियन्ताहरुका लगी अमेरीका बाट भने दु:खद खबर आएको छ । एनआरएनए अमेरीकाको मे १७ र १८ का लागी तय भएको निर्वाचनमा १०३ पदका लागी उम्मेद्वारी नै नपरेको एनआरएनए अमेरीकाको निर्वाचनका लागी गठित निर्वाचन आयोगले बताएको छ । कुल २५१ पदका लागी हुन लागेको निर्वाचनमा १०३ पदका लागी उम्मेद्वारी नपर्नु भनेको करिब आधाजसो पदमा उम्मेद्वारी नपर्नु हो ।
निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार अमेरीकाका २० राज्यका ७ उपसभापति, ७ सचिब, ८ कोषाध्यक्ष, १३ युवासंयोजक, ११ महिला संयोजक र ५७ बोर्ड अफ डाइरेक्टरमा कुनै उम्मेद्वारी नपरेको देखिएको छ ।
अमेरीकाभरका ५० राज्यहरुमध्ये ५ राज्यमा मात्र सबै पदमा उम्मेद्वारी परेको बुझिएको छ । सबै पदका लागी उम्मेद्वारी पर्ने राज्यहरुमा कोलोराडो, मासाचुसेट्स, मेरील्याण्ड, न्युयोर्क र अरेगन रहेका छन । यसमध्ये पनि अरेगन र कोलोराडोमा सबै पदमा निर्विरोध भएको छ भने मासाचुसेट्स, मेरील्याण्ड र न्युयोर्कमा मत्र निर्वाचन हुने भएको छ ।
तथ्याङ्कले अमेरीकामा एनआरएनए साँघुरिएर केही राज्यमा मात्र सीमित हुदै गएको देखाउछ । सबैको साझा दाबी गरिने एनआरएन नेपालीहरुको राम्रै आवाधी रहेको अमेरीकामा समेत खुम्चदै जानुले दलीय प्रवृत्तिका कारण एनआरएनए प्रति प्रवासी नेपालीहरुको वितृष्ण बढ्दैगएको प्रतिबिम्बित गर्ने जानकारहरु बताउछन ।
Leave a Reply