नेपालका हिमाल अष्ट्रेलियन विश्वविद्यालयका कुलपतिबाट सम्मानित
२३ अप्रिल २०१९, सिड्नी- हालसालै अष्ट्रेलियामा एक नेपाली अष्ट्रेलियाको एक प्रतिष्ठित विश्वविद्यालयका कुलपतिबाट सम्माननित भएका छन् । बागलुङ जिल्लाका डा. हिमाल कंडेल फ्लिन्डर्स युनिभरसिटिका कुलपति स्टेफेन गलार्कबाट सम्मानित भएका हुन् । उनी “Vice Chancellers Award for Doctoral Thesis Excellence” अवार्डले सम्मानित भएका हुन । यो अवार्ड उक्त युनिभरसिटिको प्रतिष्ठित अवार्ड मानिन्छ ।
फ्लिन्डर्स विश्वविद्यालयले आफ्ना विद्यार्थीले गरेको अनुसंधानको आधारमा हरेक बर्ष उत्कृष्ट विद्यावारिधीको अवार्ड प्रदान गर्ने गर्दछ । उक्त अवार्डका लागी डां कडेंलले ‘आँखाको रोगले जीवनको गुणस्तरमा पार्ने असर’ विषयमा गरेको अनुसंन्धान छनौटमा परेको डा. कंडेलले बताएका छन् । कडेंलले उक्त अनुसंन्धान अष्ट्रेलिया तथा नेपालमा गरेको बताए ।
डा. कडेलले केही महिना अधिमात्र दक्षिण अष्ट्रेलियाको गभर्नरबाट समेर सम्मानित भएका थिए । यसका साथै उनले ‘International Student of the year 2018’ लगायतका अन्य दुइ अवार्डबाट पनि सम्मानित भएको बताएका छन । दक्षिण अष्ट्रेलियाबाट आफ्नो अध्यायन पुरा गरेका कडेंल हाल सिड्नी युनिभरसिटि अन्तरगतको आँखा अस्पतालमा ‘Post Doctoral Researcher’ का रुपमा कार्यरत छन ।
Leave a Reply